YouTube Link

नेपाली राष्ट्रिय क्रिकेट टिम ओमनबाट स्वदेश फर्कियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानिस्थलमा स्वागत

Facebook Link

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिम त्रिकोणात्मक सिरिज र दुई मैत्रीपूर्ण खेल खेलेर ओमनबाट स्वदेश फर्किएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिम  आज बिहान स्वदेश फर्किएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले आज बिहान नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानिस्थलमा स्वागत गरेका छन् ।

नेपालले ओमन भ्रमणका दौरानमा ६ खेल खेलेको थियो ।

जसमा नेपाली टिमले चार खेलमा जित निकालेको छ भने दुई खेलमा पराजय भएको थियो ।

पछिल्ला तीन खेलमा जिन निकाल्दै आएको नेपाली टिमले अमेरिकासँगको पछिल्लो खेलमा हार बेहोरको थियो ।

त्यस्तै, पछिल्ला तीन खेलमा हारको सामना गरे पनि अन्तिम खेलमा नेपालले ओमसँग जित निकालेको थियो ।

यसकारण नेपालले त्रिकोणात्मक सिरिजका चार खेलमध्ये दुई खेलमा जित निकाल्यो भने दुई खेलमा नै हार बेहोर्योल ।

यो सिरिजबाट नेपाल आठ खेलबाट आठ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

यसअघि नेपाल छैटौं स्थानमा थियो ।

यता तीन खेलमा जित निकालेको घरेलु टिम ओमन भने २२ अंकका साथ शीर्षस्थानमा छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको अमेरिकाले १६ खेलबाट १४ अंक बनाएको छ।

अहिले तालिकामा ९ अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ भने नामिबिया र यूएई क्रमशः पाँचौँ र छैटौं स्थानमा छ।

सात देश सम्मिलित लिग २ मा पपुवा न्युगिनी पुछारमा छ।

लिग २ को अर्को सिरिजमा अब अल अमरेत मैदानमा घरेलु टिम ओमनले पपुवा न्युगिनी र स्टल्यान्डसँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

यो सिरिजको पहिलो खेलमा स्कटल्यान्डले पपुवा न्युगिनीसँग खेल्नेछ।

नेपाली टिमा प्रशिक्षक डेव वाटमोर भने ट्रेनरसँगै भारत प्रस्थान गरेका छन् ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...