YouTube Link

फ्रेन्च लिग वानमा आइतबार रातिको खेलमा पीएसजी विजयी

नेयमारकाे गाेल

Facebook Link

एजेन्सीः फ्रेन्च लिग वानमा आइतबार रातिको खेलमा पीएसजीले लियोँलाई २–१ गोल अन्तरले हराएको हो ।

फ्रेन्च लिग वानमा लियोनल मेसी सम्मिलित पेरिस सेन्ट जर्मेन (पीएसजी)को लगतार लिगमा यो छौटौं जित हो ।

पिएसजीको जितमा नेयमार र इकार्डीले एक एक गोल गरे ।

लियोँका टोलेन्टिनो कोएल्हो डे लिमाले एक गोल फर्काएका थिए ।

तर खेलमा मेसीले गोल गर्न सकेनन् ।

पहिलो हाफमा उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने गोलकिपर एन्थोनी लोप्सले समेत राम्रो बचाउ गरेका थिए ।

त्यतिमात्र हैन पिएसजीको घरेलु मैदानमा पहिलो पटक उनी उत्रिएका थिए ।

त्यो खेलमा गोल गर्न नसक्दा उनका फ्यान निराश भए ।

दोस्रो हाफमा मैदान बाहिरा जानु पर्दा मेस्सीले केही चित्त दुखाएको भान भएको थियो ।

त्यो भन्दा पनि चित्त मेसीले आफुले नै दुखाए ।

त्यसको कारण हो उनी दोस्रो हाफमा मैदान बाहिर जानु प¥यो ।

७६ औं मिनेटमा मैदानबाट बाहिर निस्कदै गर्दा उनी प्रशिक्षक मौरिसियो पोचिटिनोको निर्णयमा असन्तुष्ट देखिए ।

प्लेयर बक्समा पुगेर पनि उनी निराश देखिए ।

यसै सिजन स्पेनिश क्लब बार्सिलोना छाडेर पीएसजी आएका ३४ वर्षे मेसीले पिएसजीबाट तीन खेल खेलेका छन् ।

पिएसजी लिगमा ६ खेलबाट शतप्रतिशत जितसहित १८ अंकबाट शीर्ष स्थानमा छ ।

तर मेसीको चिन्ता कायमै छ ।

मेसीलाई दोस्रो हाफमा निकालेको बारेमा प्रशिक्षक पोचिटिनोले उनले भनेका छन्, ‘हामी उनलाई सुरक्षा राख्न चाहन्छौं ।

त्यसो भनेको उनलाई सम्भावित चोटबाट बचाउन चाहन्छौं ।

हाम्रो अगाडि अझै पनि धेरै महत्त्वपूर्ण खेल रहेका छन् ।

यी सबै खेलमा मेसीको आवश्यकता हुनेछ, त्यसैले हामी उनको सुरक्षालाई लिएर चिन्तित छौं ।’

पिएसजीले अब च्याम्पियन्स लिग खेल्नेछ ।

जसलाई जित्नु नै उसको लक्ष्य हो ।

मेसीको प्रयोग बढी च्याम्पियन्स लिगमा हुनेछ ।

मेसी छ पटकका बालोन डे’ओर विजेता हुन् ।

यो पनि पढ्नु होस्ः

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र अमरिकाबीच प्रतिष्पर्धा हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...