YouTube Link

विश्वकप फुटबल छनोट ब्रजिल र आर्जेन्टिनाबिचको खेल स्थगित

ब्रजिलको स्वास्थ्य अधिकारीहरूले विरोध गरे

Facebook Link

एजेन्सीः दक्षिण अमेरिकी महादेशिय विश्वकप फुटबल छनोट अन्तर्गत ब्रजिल र आर्जेन्टिनाबिचको खेल स्थगित भएको छ ।

ब्रजिलको स्वास्थ्य अधिकारीहरूले आर्जेन्टिनाका तीन खेलाडीले कोभिड सम्बन्धी नियम उल्ङघन गरेको भन्दै विरोध गरेपछि सोमवार बिहानको खेल रोकिएको हाे।

स्वास्थ्य अधिकारीहरू खेल रोक्न एक्कासी मैदानमा प्रवेश गरेपछि आर्जेन्टिनाका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए ।

यो नाटकीय क्षण आउनु केही घण्टा अगाडि ब्रजिली स्वास्थ्य अधिकारीहरूले इङ्ग्ल्यान्डमा खेल्ने चार खेलाडीले क्वारन्टीनमा बस्नुपर्ने बताएका थिए ।

आर्जिन्टिनाका चार खेलाडीहरु ईपीएलमा इमिलियानो बुएन्जा र इमिलियानो मार्टिनेज एस्टन भिलाबाट तथा योभानी लो सेल्सो र क्रिस्टियान रोमेरो टट्नम हटस्परबाट खेल्नछन् ।

बुएन्जाबाहेक अन्य तीन खेलाडी अर्जेन्टीनाको पहिलो रोजाईमा ब्रजिल विरुद्धको खेल खेल्न मैदानमा ओर्लिएका थिए ।

सुरुमा खेल रोकिएपछि आर्जेन्टिनाका खेलाडी मेस्सीले विवाद समाधान गर्ने प्रयास गरेका थिए ।

फिफाले खेल रद्द भएको पुष्टि गर्दै ‘थप जानकारी पछि दिने बताएको छ ।

खेल रोकिएको एक घण्टापछि सम्म ब्रजिलीयन खेलाडीहरू मैदानमै अभ्यास गरिरहेको समयमा दक्षिण अमेरिकी फुटबल संघले वक्तव्य जारी गर्दै भनेको छ: म्याच रेफ्रीको निर्णयले ब्रजिल र आर्जेन्टिनाबिच फिफाले आयोजना गरेको विश्वकप छनोट खेल रद्ध भएको छ।

रेफ्री र म्याच कमिशनरले फिफा अनुशासन समितिलाई आफ्नो प्रतिवेदन पेस गरेपछि थप कदमबारे निर्णय हुनेछ ।

यो प्रक्रिया अहिलेको नियम अनुसार छ।

ब्रजिली स्वास्थ्य नियमानुसार इङ्ग्ल्यान्डबाट ब्रजिल आउने व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्छ ।

हामीले सुरुदेखि भनेको कुरा पालना नगरेको हुदा यो अवस्था आएको हो ।

ब्रजिलका स्वास्थ्य निमायक संस्थाका निर्देशक एन्टोनियो बारा टोरेजले ब्रजिली टीभीलाई भनेका छन् ।

ती चार खेलाडीलाई क्वारिनटीन बस्न भनिएको थियो ।

तर उनीहरूले मानेनन् ।

उनीहरू खेल मैदान गए अनि मैदानमा छिरे, यो नियमको गम्भीर उलङ्घन हो ।

आर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले खेल अगाडि समस्याको समाधान नहुनु दुःखद रहेको बताए ।

यसले मलाई दुःखी बनाएको छ, उनले भने, मैले दोषी खोजिरहेको छैन, केही कुरा भएको वा नभएको थियो भने त्यसलाई रोक्ने सही समय त्यो थिएन ।

स्कालोनीले भने, यो सबैका लागि विश्वका उत्कृष्ट खेलाडीहरू बिचको रमाइलो खेल हुनु पर्थ्यो ।

इपिएलबाट खेल्ने खेलाडीले विना क्वरिनटिन खेल्न नपाउने हामीलाई उनीहरूले बताइएको थिएन ।

हामी खेल्न चाहन्थ्यौँ र ब्रजिली खेलाडी पनि खेल्न चाहन्थ्ये ।

आर्जेन्टिनी फुटबल स‌‌‌‌‌घले टोली सेप्टेम्बर ३ देखि ब्रजिलमा भएको र स्वास्थ्य सम्बन्धी सबै नियम पालना गरेको दाबी गरेको छ ।

ब्रजिली फुटबल सङ्घका अध्यक्ष एड्नाल्डो रोड्रिगेजले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन् ।

नियामक संस्था प्रति सम्मान छ तर यो कुरा अगाडि नै सुल्झाउन सकिन्थ्यो खेल सुरु हुनु सम्म कुर्नु पर्दैन थियो ।

यो पनि पढ्नु होस्ः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...