Texas College
YouTube Link

पोर्चुगलका रोनाल्डोले अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक

Facebook Link

एजेन्सीः पोर्चुगलका लागि रोनाल्डोले १ सय ११ गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

२००५ मा रोनाल्डो २० वर्षका थिए ।

त्यतिबेला १६ वर्षपछि यस्तो कीर्तिमान उनको नाममा हुनेछ भन्ने कल्पना कमैलाई थियो ।

रोनाल्डो स्वयंलाई पनि यस्तो लागेको थिएन ।

उनले यतिबेलासम्म म्यानचेस्टर युनाइटेडबाट दुई सिजन खेलेका थिए ।

जसमध्ये पहिलो सिजन उनले धेरै उपाधिहरू जितेका थिए ।

दोस्रो सिजन चोटमुक्त भएर अमेरिकामा छुट्टी मनाइरहेका थिए ।

त्यहीँ उनले लिभरपुल र एभर्टनबाट खेल्नुपूर्व राइट ब्याक अबेल जाभियरलाई भेटे र यस्तो इच्छाबारे सुनाए ।

‘म त्यतिबेला होटलमा गइसकेको थिएँ र रोनाल्डोले मलाई फर्केर भने अबेल म विश्वको उत्कृष्ट खेलाडी बन्नेछु, यो २००५ को कुरा थियो,’।

अबेलले सम्झिए, ‘यतिबेला उनी चोटबाट भर्खरै मुक्त हुँदै थिए र पनि उनको मानसिकता निकै बलियो थियो ।’

रोनाल्डो गलत थिएनन् ।

विश्वकै उत्कृष्ट हुने इच्छा २००५ अघि नै जन्मिएको थियो ।

तर उक्त चोटले त्यो इच्छालाई थप बलियो बनायो ।

स्पोर्टिङ सिपीमा छँदा रोनाल्डो निकै दुब्ला थिए तर साथीहरूले चाउचाउ उपनाम नै दिएका थिए ।

रोनाल्डो यस उपनामबाट खुसी थिएनन् ।

उनले मसल्स बनाउने र तौल बढाउनेबारे सोचिरहेका थिए ।

म्यानचेस्टर युनाइटेडमा २००३ मा आएपछि उनले यही काम थाले ।

युनाइटेडका ९स्ट्रेन्थ तथा कन्डिसनिङ० पूर्वप्रशिक्षक पूर्व माइक क्लेगले उनलाई सहयोग गरिरहेका थिए ।

रोनाल्डो बिस्तारै उत्कृष्ट बन्दै गए ।

‘जब म एक दिन म्याड्रिडमा च्याम्पियन्स लिग खेल हेरिरहेको थिएँ त्यतिबेला रियल र बार्यनबीच खेल हुँदै थियो ।

वार्म अपको समय खेलाडीहरूले गोलकिपरलाई बल प्रहार गरिरहेका थिए ।

रोनाल्डोले प्रहार गरेका २० सटमध्ये रोनाल्डोको एउटा सट मात्रै मिस भयो,’ पोर्चुगलका कोस्टिन्हाले भनेका छन्,।

‘जबकि अन्य खेलाडीले ६ देखि १० वटा सट मिस गरेका थिए र, एउटा सट मिस हुँदा पनि रोनाल्डो निकै स्तब्ध थिए ।’

रोनाल्डोको मानसिक शक्ति निकै सुदृढ रहेको र उनी निकै व्यावसायिक रहेको पोर्चुगलबाट खेल्ने पूर्वखेलाडी नुनो गोमेजले बताए ।

अन्य खेलाडीभन्दा अतिरिक्त प्रशिक्षक, आफ्नो कामप्रतिको प्रतिबद्धता, डाइट, ट्रेनिङ टेक्निकले उनलाई विश्वको उत्कृष्ट खेलाडी बन्न सघायो ।

युवा अवस्थादेखि नै रोनाल्डोसँग खेलेका नानी बाल्यकालमा रोनाल्डो रोएको घटना कहिल्यै बिर्सिंदैनन् ।

‘त्यतिबेला उनीमाथि फल भएको थियो ।

तर प्रशिक्षकले फलको माग गरेनन् ।

विपक्षी टोलीले बल अघि बढाएर गोल गरिदियो ।

रोनाल्डो मैदानबाट बेन्चमा फर्किएका थिए र रोइरहेका थिए ।

उनी भए ठाउँ पुगेर प्रशिक्षकले भने, कहिलेकाहीँ यस्तो हुन्छ ।

तर तिमीले प्रयास गरिरहनुपर्छ ।’

रोनाल्डोले आफ्नो मानसिकता विकास गरेर निकै बलियो बनाएको नानी बताउँछन् ।

२००३ मा पहिलो पटक पोर्चुगलको टोलीमा समावेश हुँदा रोनाल्डो अन्य युवाभन्दा पृथक् थिए ।

‘उनी अन्य युवा खेलाडीभन्दा निकै फरक थिए ।

उनी निकै कलात्मक खेल्थे र हरेक दिन राम्रो बन्ने इच्छाशक्ति थियो ।

उनले सधैँ धेरैभन्दा धेरै सिक्न चाहे ।

उनी आफूभन्दा अग्रजहरूका कुरा सुन्न र उनीहरूसँग कुराकानी गर्न मन पराउँथे ।’

रोनाल्डोले २००४ मा युरोकपमा ग्रिसविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए ।

उनले ९३ मिनेटमा लुइस फिगोको क्रसमा गोल गरेका थिए ।

तर यो प्रतियोगिताको अन्त्यमा युवा अवस्थाका रोनाल्डो निकै स्तब्ध बने ।

घरेलु मैदानमै पोर्चुगललाई ग्रिसले फाइनलमा हराएको थियो ।

यस प्रतियोगितामा उनले सेमिफाइनलमा नेदरल्यान्डसविरुद्ध पनि हेड गोल गरेका थिए ।

‘सायद युरो २००४ मा हामीलाई यी खेलाडी विश्वकै उत्कृष्ट बन्नेछन् भनेर पहिलो पटक महसुस भयो,’ गोमेजले भने, ‘उनी त्यतिबेला पनि महत्त्वाकाङ्क्षी खेलाडी थिए ।

के स्पष्ट थियो भने उनी उत्कृष्ट खेलाडी हुनेछन् ।’

रोनाल्डोले युनाइटेड र रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जिते ।

इङ्ल्यान्ड, स्पेन र इटलीमा लिग उपाधि जिते । रोनाल्डोले निकै उत्कृष्ट गोलहरू गरेका छन् ।

यसमध्ये २०१४ को विश्वकप छनोट खेलअन्तर्गत ज्लाटान इब्राहिमोभिकको स्विडेनविरुद्ध उनले ह्याट्रिक गरेका थिए ।

यी सबै घटनाभन्दा माथि छ रोनाल्डोले २०१६ मा पोर्चुगललाई कप्तानका रूपमा जिताएको युरोप उपाधि ।

यस प्रतियोगितामा उनले तीन गोल गरेका थिए ।

पोर्चुगलले उनले कप्तानीमा २०१९ को यूईएफए नेसन्स लिग पनि जित्यो र यस प्रतियोगितामा पनि रोनाल्डोले तीन गोल गरेका थिए ।

रोनाल्डो च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोलकर्ता हुन् ।

उनले १ सय ३४ गोल गरेका छन् । उनले पाँच पटक बेलोन डी’अर पनि जितिसकेका छन् ।

बुधबार आयरल्यान्डविरुद्ध ८९ र ९६ मिनेटमा गोल गर्दै उनले अली देईको नाममा रहेको अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान तोडेका छन् ।

३६ वर्षका रोनाल्डोले अझै कति गोल गर्छन् रु यसबारे जाभियर भन्छन्, ‘तपार्इंले उनको शारीरिक तन्दुरुस्ती हेर्नुहुन्छ भने उमेरले केही अर्थ राख्नेवाला छैन ।

खेल हेर्दा उनी अझै ताजा र युवा देखिन्छन् ।

यही कारण उनले अझै लामो समयसम्म उत्कृष्ट खेल्न सक्छन् ।’

पोर्चुगलका रोनाल्डोले कुन देशविरुद्ध कति गोल गरे ?

लिथुआनिया ७, स्विडेन ७, एन्डोरा ६, आर्मेनिया ५, लात्भिया ५, लक्जमबर्ग ५, इस्टोनिया ४, फरो आइल्यान्ड ४, हङ्गेरी ४, नेदरल्यान्डस् ४, बेल्जियम ३, डेनमार्क ३, उत्तरी आयरल्यान्ड ३, रूस ३, स्पेन ३, स्विजरल्यान्ड ३, अजरबैजान २, बोस्निया एन्ड हर्जिगोभिना २, क्यामरून २, साइप्रस २, चेक गणराज्य २, इजिप्ट २, कजाकिस्तान २, सउदी अरब २, फ्रान्स २, गणतन्त्र आयरल्यान्ड २, अर्जेन्टिना १, क्रोएसिया १, इक्वेडर १, फिनल्यान्ड १, घाना १, ग्रिस १, आइसल्यान्ड १, इरान १, मोरक्को १,

त्यसै गरी जर्मन १वेल्स १, युक्रेन १, स्लोभाकिया १, सर्बिया १, पोल्यान्ड १, पानामा १, उत्तर कोरिया १, न्युजिल्यान्ड १, गणतन्त्र आयरल्यान्ड १

यो पनिः

विश्व फुटबलको सर्वाच्चो निकाय फिफाले क्यालेन्डरमा परिमार्जनमा

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...