YouTube Link

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किए

अमेरिकी सैनिक बाहिरिँदै गर्दा तालिबानले राति काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर मनाए खुसियाली

Facebook Link

एजेन्सीः सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अलकायदाले आक्रमण गरेपछि अफगानिस्तानमा उत्रिएको अमेरिकी सेना करिव २० वर्षपछि स्वदेश फर्किएको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र अमेरिकी कमान्डर जनरल क्रिस डोनाह्यु पनि सोमबार राति अन्तिम उद्धार उडानमार्फत आफ्नो देश फर्किएको बीबीसीले जनाएको छ ।

यसअघि तालिबानले डेडलाइन (अगस्ट ३१) भित्रै अमेरिकी सैनिक फिर्ता भइसक्नुपर्ने बताइरहेको थियो भने अमेरिकाका राष्ट्रपति जो बाइडनले यसमा कुनै फेरदबल नहुने प्रतिबद्धता जनाएका थिए ।

अमेरिकी सेनाका सेन्ट्रल कमान्डका प्रमुख जनरल मकेन्जीले भने, ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ ।’

जुन मिसन सन् २००१ सेप्टेम्बर ११ मा सुरु भएको थियो । यसअन्तर्गत अमेरिकाले ओसामा बिन लादेन तथा उनका थुप्रै अल कायदा सदस्यलाई कारबाही गरेको थियो ।

अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दसकमा २ हजार ४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको पनि उनले जानकारी दिए ।

यसैबीच अन्तिम उडानमार्फत अमेरिकी सैनिक बाहिरिँदै गर्दा तालिबानहरूले राति काबुलको आकाशमा रातो प्रकाश छर्दै मेसिन गनमार्फत गोली चलाएर खुसियाली मनाएका छन् ।

यही अगस्ट १५ देखि अफगानिस्तानको सत्ता तालिबान संगठनले आफ्नो हातमा लिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...