स्पेनिस ला लिगामा रियल मड्रिडकाे संघुरो जित
बेटिसलाई १–० ले हराएको
वि.सं.२०७८ भदौ १३ आइतवार १३:२९
1.9K
shares
एजेन्सीः स्पेनिस ला लिगामा रियल मड्रिडले रियल बेटिसमाथि संघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।
पहिलो हाफमा कुनै पनि गोल नभएको खेलमा रियल म्याड्रिडले गोल गर्दा खेल ६१औं मिनेटमा चलेको थियो ।
करिम बेन्जेमाको पासलाई सदुपयोग गर्दै ड्यानी कार्भाजलले ६१ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
खेलको ६० मिनेट सम्म बेटिसाले रियललाई बराबरीमा रोकेको थियो ।
स्पेनिस ला लिगामा रियल म्याड्रिडले तेस्राे चरणको खेलमा ड्यानी कार्भाजलले गरेको एक मात्र गाल नै विजयी गोल भएको थियो ।
मड्रिडले बेटिसमाथि संघर्षपूर्ण जित निकादै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
रियलले ३ खेलबाट ७ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको सेभिल्लाको समान अंक भए पनि गोलको आधरमा दोस्रो स्थानमा छ ।
भ्यालेन्सिया र मल्र्लोकाको पनि समान ७–७ अंक नै छ ।
यी चारैवटा टोलीले लिगमा समान ३ –३ लिगका खेलहरु खेलि सकेका छन् ।
साविक विजेता एथलेटिको म्याड्रिड र रियल सोसाइडाड दुई खेलमा शतप्रतिशत जित निकल्दै क्रमश पाँचौं र छौठौं स्थानमा रहेका छन् ।
एथलेठिको वल्वोओ तीन खेलबाट पाँच अंक जोड्दै सातौ स्थानमा रहदा दुई खेलमा एक जित एक बराबरी खेलेको बार्सिलोना चार अंकको साथ आठौं स्थानमा रहको छ ।
बार्सिलोनाले अबको खेल गेटाफेसँग खेल्ने छ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ भदौ १३ आइतवार १३:२९



















