YouTube Link

तेस्रो राउन्ड अन्तर्गत इंग्लिस प्रिमियर लिगमा आज ७ खेलहरु हुँदै

Facebook Link

काठमाडौं: तेस्रो राउन्ड अन्तर्गत इंग्लिस प्रिमियर लिगमा आज ७ खेलहरु हुँदैछन ।

पहिलो खेलमा साबिक विजेता म्यान्चेस्टर सिटी र लण्डन क्लब आर्सनल प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार साझ सवा ५ बजे सिटीको घरेलु मैदान इतिहाद रंगशालामा हुनेछ ।

आर्सनलविरुद्ध घरेलु टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । पहिलो खेलमा टोटनहमसँग पराजित सिटीले दोस्रो खेलमा नर्विचबिरुद्ध सानदार जित निकालेको थियो ।

यता, भ्रमण टोली आर्सनल सिटीविरुद्ध निकै दबाबमा हुनेछ । लगातार दुई खेलमा पराजित आर्सनल सिटीबिरुद्ध अंक गुमाउन चाहँदैन ।

पहिलो खेलमा नव प्रवेशी क्लब ब्रेन्टफोर्डसङ पराजित आर्सनल दोस्रो खेलमा छिमेकी चेल्सीसँग पराजित भएको थियो ।

राती पौने ८ बजे हुने प्रिमियर लिगको खेलमा एकै पटक ५ खेल हुनेछ । १० क्लबले आ-आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नेछन् ।

एस्टन भिल्लाले भिल्ला पार्कमा ब्रेन्टफोर्डसङ खेल्नेछ । ब्राइटनले आफ्नै कम्युनिटी मैदानमा एभर्टनलाई आतिथ्यता प्रदान गर्नेछ ।

घरेलु टोली न्युक्यासलले जेम्स पार्कमा साउथ ह्याम्पटनलाई निमन्त्रणा गर्नेछ । नर्विचले लेस्टर सिटी सङ भिड्दा वेस्ट हाम युनाइटेडले लण्डनमा क्रिस्टल प्यालेसको सामना गर्नेछ ।

तेस्रो चरणको पहिलो दिनको अन्तिम खेलमा लिभरपुरले चेल्सीको सामना गर्नेछ । लिभरपुल घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ ।

खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै टोलीले यस अघिका आफ्ना दुई खेलमा शत प्रतिशत जित निकालेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...