YouTube Link

नबिल बैंकले  ४ अर्ब ५० करोड ४४ लाखभन्दा बढी नाफा आर्जन

Facebook Link

काठमाडौं:  नबिल बैंकले  ४ अर्ब ५० करोड ४४ लाखभन्दा बढी यो नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षभन्दा ३० प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।

 

बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । अघिल्लो वर्ष रू. ३ अर्ब ४६ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष रू. ४ अर्ब ५० करोड ४४ लाखभन्दा बढी नाफा गरेको छ ।

 

अघिल्लो वर्षभन्दा २६ दशमलव ३५ प्रतिशत बढी सञ्चालन नाफा गरेकाले पनि बैंकको नाफामा बृद्धि भएको हो । अघिल्लो वर्ष रू. ८५ करोड ६७ लाखभन्दा बढी भएको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ६५ करोड ९९ लाख भन्दा बढी मात्र भएको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा ३६ दशमलव २९ प्रतिशत बढी रू. ४ अर्ब १४ करोड ६२ लाखभन्दा बढी छ ।

 

३३ दशमलव ५० प्रतिशत बोनस शेयर र युनाइटेड फाइनान्सलाई प्राप्ती पश्चात बैंकको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार पुगेको छ ।

 

यो अवधिसम्म बैंकको जगेडा कोष रकम शेयर प्रिमियम र रिटेन्ड अर्निंग सहित रू. १९ अर्ब ४८ करोड ३७ लाख कायम भएको छ । अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको जगेडा कोष रकम २३ दशमलव ६४ प्रतिशत बृद्धि भएको हो ।

 

गत वर्ष अघिल्लो वर्षभन्दा १७ दशमलव १२ प्रतिशत बढी रू. २ खर्ब २३ अर्ब ४७ करोड ८० लाखभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३३ दशमलव ८१ प्रतिशत बढी रू. १ खर्ब ९८ अर्ब १० करोड ७३ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

 

अघिल्लो वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात गत वर्ष शून्य दशमलव ७८ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ५४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २४० दशमलव ७३ छ । यस अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात ४० दशमलव ६९ गुणा छ ।

 

यो पनी पढ्नुहोस् :

नेको इन्सुरेन्सले १ अर्ब ६३ करोड रुपैयां खुद बीमा शुल्क आर्जन

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...