YouTube Link

प्रुडेन्सियल इन्स्योरेन्सले ५८ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन

Facebook Link

काठमाडौं:  प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५८ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो ।

 

प्रुडेन्सियल इन्स्योरेन्सले आज सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको यो खुद बीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.२७ प्रतिशतले बढी हो ।

 

अघिल्लोवर्ष कम्पनीले बीमा शुल्क आर्जन ४० करोड ८८ लाख रुपैयाँमा सीमित थियो। कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ४ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ।

 

अघिल्लो वर्ष यस्तो आय ४ करोड ५७ ला रुपैयाँमात्र थियो। पुनर्बीमा कमिसन आय १० करोड ८२ लाख रुपैयाँबाट बढेर ११ करोड १ लाख रुपैयाँ भएको छ।

 

यो अवधिमा कम्पनीले २० करोड ८२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लोवर्ष २४ करोड ७४ लाख करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो। खुद दाबी भुक्तानी १५.८२ प्रतिशतले कम हो।

 

कम्पनीको नाफा २७.६० प्रतिशतले बढेको छ। अघिल्लोवर्ष १७ करोड ६९ लाख रुपैयाँ नाफा गरेको कम्पनीले समीक्षा अवधिमा १३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गर्यो।

 

कम्पनीको व्यवस्थापन खर्च ६.७२ प्रतिशतले वृद्धि भएर २० करोड २९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यवस्थापन खर्च १९ करोड १ लाख रुपैयाँमा सीमित थियो।

 

कम्पनीको बीमा कोषको आकार १६.५० प्रतिशतले बढेर ६२ करोड ४२ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष जीवनबीमा कोषमा ५३ करोड ५८ लाख रुपैयाँ रहेको थियो।

 

२४ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार ४.६९ प्रतिशतले बढेर २५ करोड ८७ लाख रुपैयाँ भएको छ।

 

कम्पनीको जारी बीमालेखको संख्या १ लाख ५३ हजार ९११ रहेको छ। अघिल्लो वर्ष जारी बीमालेखको संख्या १ लाख १६ हजार ९३० रहेको थियो ।

 

चुक्तापुँजी १ अर्ब २ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी १७.२४ रुपैयाँ, पीई अनुपात ४७ गुणा र प्रतिसेयर नेटवर्थ १८७.९४ रुपैयाँ रहेको छ।

 

यो पनी :

नबिल बैंकले  ४ अर्ब ५० करोड ४४ लाखभन्दा बढी नाफा आर्जन

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...