Texas College
YouTube Link

तपाईको पेनड्राइभमा यसरी राख्नुहोस् पासवर्ड

Facebook Link

एजेन्सीः कुनैपनि डाटा वा तस्बिर भिडियोको संग्रह गर्न हामी डिजिटल मेमोरीको प्रयोग गर्दछौँ । यो मेमोरी कम्प्युटरको हार्ड डिस्क, फोनको मेमोरी, मेमोरी कार्ड वा पेन ड्राइभ लगायतमा राख्ने गरिन्छ ।

 

यस्तोमा पेन ड्राइभमा राखिएको सामाग्री सजिलै अरुले नहेरुन् भनेर र यसलाई सुरक्षित पार्न यसमा पासवर्ड राख्न सकिन्छ । तर कसरी ?

 

– पेन ड्राइभमा पासवर्ड राख्न पहिले कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् ।

 

– पेनड्राइभमा डाटा भए त्यसलाई स्क्यान गर्नुहोस्, खाली भए फम्र्याट गर्नुहोस् ।

 

– त्यसपछि यसमा राइट क्लिक गरेर ‘टर्न अन बिटलकर’ रोज्नुहोस् ।

 

– अब एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ ।

 

– नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ ।

 

– अब ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।

 

– त्यसपछि इच्छा अनुसार कुनैपनि पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् ।

 

– अब फेरि एउटा विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्न सोधिएको हुन्छ ।

 

– एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ ।

 

– अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् ।

 

– कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गर्नुहोस् ।

 

– यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।

 

– जबसम्म ‘स्टार्ट इनक्राइप्टिङ’ अप्सन आउँदैन तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् ।

 

– इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ ।

 

– एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् ।

 

अब पेनड्राइभ लक भएको पाउनु हुनेछ । अब यसलाई विना पासवर्ड खोल्न सकिदैन । पेनड्राइभ जसको हातमा परे पनि कसैले पनि तपाईंको डाटा दुरुपयोग गर्न सक्दैन ।

(एजेन्सीको सहयोगमा)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...