राष्ट्रिय खेलकुद परिषद्ले फुटबल विवादबारे छानबिन समितिले चार जनासँग बयान लिइने
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग बयान लिने
वि.सं.२०७८ साउन २६ मंगलवार १५:५३
1.5K
shares
काठमाण्डौः राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबल विवादबारे गठन गरेको छानबिन समितिले चार जनासँग बयान लिइने भएको छ ।
समितिले आज एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित चार जनासँग बयान लिने तयारी गरेको छ ।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको उजुरीमा आधारित रहेर समितिले बयान लिने निर्णय गरेको छ ।
वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा गरेपछि एन्फामा विवाद भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।
मन्त्रालयले राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।
यो पनि पढ्नु होस्ः
वि.सं.२०७८ साउन २६ मंगलवार १५:५३



















