YouTube Link

राष्ट्रिय टिमका सदस्य आयुष घलान थ्री स्टार क्लबबाट ए डिभिजन लिग खेल्ने भएका छन्

मुख्य प्रशिक्षकमा थ्री स्टारले उर्जन श्रेष्ठलाई नियुक्त

Facebook Link

एजेन्सीः राष्ट्रिय टिमका सदस्य आयुष घलानले ललितपुरको थ्री स्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

क्लबले घलानलाई आगामी लिगका लागि अनुबन्ध गरेको हो ।

थ्री स्टारले मंगलबार १८ वर्षीय मिडफिल्डर आयुषलाई अनुबन्ध गरिएको जनाएको छ ।

आयुषले पहिलो पटक नेपालको शीर्ष डिभिजन लिग खेल्न लागेका हुन् ।

उनले पछिल्लो पटक खुमलटार युथ क्लबबाट बी डिभिजन लिग खेलेका थिए ।

पहिलो पटक आयोजना भएको नेपाल सुपरमा गरेको प्रदर्शन र राष्ट्रिय टिममा डेब्यु गरेपछि चर्चामा रहेका आयुषलाई थ्री स्टारले भित्र्याएको हो ।

वैशाख–जेठमा भएको नेपाल सुपर लिगमा उनले पोखरा थण्डर्सबाट राम्रो प्रदर्शन गरेका थिए ।

त्यसपछि राष्ट्रिय टिमका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले आयुषलाई राष्ट्रिय टिममा क्याम्पमा राख्दै अन्तिम टिममा समेत राखे ।

उनले कुवेत भ्रमणमा रहँदा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमार्फत नेपालका लागि डेब्यु गरेका थिए ।

नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको खेलको उनी ९०औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

थ्री स्टारले यसअघि मिडफिल्डर दोना थापालाई अनुबन्ध गरिसकेको छ ।

डिफेन्डर अनन्त तामाङ र निशान खड्का तथा मिडफिल्डर सन्जोग राईसँग सम्झौता नवीकरण गरिसकेको छ ।

थ्री स्टारले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

यो पनि पढ्नु होस्ः

बार्सिलोनाले युभेन्टसलाई पराजित गर्दै जोन ग्याम्पर ट्रफी जितेको छ

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...