Texas College
YouTube Link

के नेपालको लागि भर्च्युअल मौद्रिक नीति आवश्यक छ ?

Facebook Link
vision

विश्वबजारको, विशेष गरेर विकसित तथा वैभवशाली राष्ट्रहरूको, मौद्रिक नीतिले नयाँ मोड लिँदै गैरहेको यथार्थ हामी सबैले थाह पाउँदै आएका छौँ तथापि सरोकारवाला निकाय तथा व्यक्तिको ध्यान यसतर्फ आकर्षित भैरहेको छ वा छैन भन्ने विषय पनि गौण रहनु हुन्न भन्ने तर्फ स्तम्भकारको यो स्तम्भले चासो देखाएको छ ।

 

निश्चित रुपमा वर्तमानमा प्रभावकारी रहेका मुद्राका स्वरुपको तुलनामा भर्च्युअल मुद्रा अनेक कारणबाट प्रभावकारी हुन्छ जसको बारेमा हामी विस्तारपूर्वक भलाकुसारी गर्ने नै छौँ यो स्तम्भमा । तथापि त्यसभन्दा अगाडि सरोकारवालाहरूको ध्यान एउटा यथार्थतर्फ आकृष्ट होस् भन्ने पनि स्तम्भकारको मनसाय रहेको छ ।

 

यहाँ, भर्च्युअल मुद्रास्वरुपको चर्चा गर्नुको अर्थ हाल बजारमा सर्वत्र चर्चामा रहेका बिट्क्वाइन, इथेरियम आदि जस्ता कृप्टोकरेन्सीलाई बढावा दिएर प्रचलनमा ल्याउन भने कदापि होइन । थपमा यस्ता कृप्टोकरेन्सीलाई मुद्राका रुपमा प्रचलनमा ल्याउने कुरामा दुरुत्साहन नै गर्नु पर्ने हुन्छ वर्तमान परिप्रेक्ष्यमा किनकि यस्ता कृप्टोकरेन्सीहरू मुद्रामात्र नभएर त्योभन्दा धेरै र फरक रुपमा आइसकेको यथार्थले पनि यिनीहरूलाई मुद्राको मात्रै सीमित स्वरुपमा स्वीकार्नु मूर्खताभन्दा अरु केहि हुन्न । बरु सरकारकै पहलबाट प्रचलित मौद्रिक नीति तथा स्वरुपलाई नै भर्च्युअल बनाउनु सर्वोत्तम विकल्प वर्तमान समयको माग नै हो भन्दा अत्युक्ति नठहर्ला ।

 

स्पष्ट रुपमा भन्नु पर्दा यो स्तम्भमा कृप्टोकरेन्सीका बारेमा नभइ भर्च्युअल मुद्रास्वरुपको चर्चा हामी गर्न गैरहेका छौँ । आउनुस् त, मुद्राको विशेषताका बारेमा निम्नानुसारका केहि बुँदाहरूमा केन्द्रित रहेर भर्च्युअल मुद्रास्वरुपको आवश्यक्ता छ कि छैन भन्ने निष्कर्षसम्म पुग्ने सत्प्रयास गरौँ ।

 

मुद्राले विश्वसनियताको आधार, विनिमयको माध्यमका साथै महत्त्व भण्डारण जस्ता पक्षलाई समेटेको हुन्छ जसले गर्दा मुद्राका ६ वटा विशेषताहरू रहेका हुन्छन् – १) एकरुपता (Uniformity), २) विभाज्यता (Divisibility), ३) सीमित आपूर्ति (Limited Supply), ४) स्वीकार्यता (Acceptability), ५) वहनियता (Portability) र ६) टिकाउपन (Durability) ।

यहाँ, भर्च्युअल मुद्रास्वरुपको चर्चा गर्नुको अर्थ हाल बजारमा सर्वत्र चर्चामा रहेका बिट्क्वाइन, इथेरियम आदि जस्ता कृप्टोकरेन्सीलाई बढावा दिएर प्रचलनमा ल्याउन भने कदापि होइन । थपमा यस्ता कृप्टोकरेन्सीलाई मुद्राका रुपमा प्रचलनमा ल्याउने कुरामा दुरुत्साहन नै गर्नु पर्ने हुन्छ वर्तमान परिप्रेक्ष्यमा किनकि यस्ता कृप्टोकरेन्सीहरू मुद्रामात्र नभएर त्योभन्दा धेरै र फरक रुपमा आइसकेको यथार्थले पनि यिनीहरूलाई मुद्राको मात्रै सीमित स्वरुपमा स्वीकार्नु मूर्खताभन्दा अरु केहि हुन्न । बरु सरकारकै पहलबाट प्रचलित मौद्रिक नीति तथा स्वरुपलाई नै भर्च्युअल बनाउनु सर्वोत्तम विकल्प वर्तमान समयको माग नै हो भन्दा अत्युक्ति नठहर्ला ।

एकरुपता (Uniformity)

 

मुद्राको पहिलो विशेषता भनेको यसमा एकरुपता हुनु पर्दछ ताकि लेनदेनताका यसको स्वरुपका बारेमा लिने पक्षले यसलाई बिनाकुनै शंका स्वीकार गरोस् । भौतिक मुद्रा स्वरुपमा जब नयाँ रुपसहित मुद्रा प्रचलनमा आउँछ, लिने पक्षले कतै जाली वा नक्कली पो परेको हो कि भनेर स्वीकार गर्न हिच्किचाएका हामीले पटकौँपल्ट देखेभोगेका छौँ र कारण अगाडि प्रचलनमा रहेका मुद्रास्वरुपका तुलनामा पछी ल्याइएका मुद्राहरूका एकरुपता नहुनु नै हो । भर्च्युअल मुद्रास्वरुपमा भने एकरुपताका सवालमा कहिल्यै विभिन्नता आउँदैन किनकि यसको स्वरुप यान्त्रिक रुपमा सफ्टवेयरले निर्माण गर्दछ ।

 

विभाज्यता (Divisibility)

 

मुद्राको अर्को विशेषता भनेको यसमा विभाज्यता हुनु पर्दछ । वर्तमान अवस्थामा यदि गणितीय विभाज्यताका दृष्टिकोणले हेर्ने हो भने विभाज्यताको कमी देखिन्छ । उदाहरणको लागि यदि ३८ रुपैयाँ ४३ पैसा भुक्तानी गर्नु पर्ने अवस्था आएमा यसलाई शुन्यान्त गरेर सामान्यतः ३९ रुपैयाँ बनाइन्छ र अझ पसलहरुमा थप १ रुपैयाँको एउटा टफी पनि विवशतापूर्वक स्वीकार्नु पर्ने हुन्छ जसले गर्दा भुक्तानी दिने व्यक्तिले अनावश्यक रुपमा १ रुपैयाँ ५७ पैसा खर्चनु पर्ने हुन्छ । यता भर्च्युअल मुद्रास्वरुपको कारोबारमा भने ठीक ३८ रुपैयाँ ४३ पैसा नै भुक्तानी दिन सकिने भएकोले विभाज्यताका हिसाबले पनि भर्च्युअल मुद्रास्वरुप नै उपयुक्त देखिन्छ ।

 

सीमित आपूर्ति (Limited Supply)

 

मुद्राको तेश्रो विशेषता भनेको यसको आपूर्ति सीमित हुनु पर्दछ । वर्तमानमा प्रभावकारी रहेका नोट र सिक्काका हकमा यो लागू हुने सम्भावना रहँदैन । हरेक वर्ष सरकारले नयाँ नोट र सिक्का बजारमा ल्याइ रहेको सर्वविदितै छ जसले गर्दा यसको आपूर्ति सीमित हुने कुरामा प्रश्नचिन्ह लाग्छ । भर्च्युअल मुद्रास्वरुपमा भने यसको सीमित आपूर्ति पूर्णतः सम्भव छ ।

 

स्वीकार्यता (Acceptability)

 

मुद्राको चौथो विशेषता भनेको यसमा स्वीकार्यता हुनु पर्दछ । वर्तमानमा प्रभावकारी रहेका नोट यदि कतै थोरै च्यातिएको अवस्थामा तथा सिक्काहरुमा कुनै प्रकारको असर पर्न गएको अवस्थामा यिनीहरू स्वीकार्य रहँदैनन् । भर्च्युअल मुद्रास्वरुपमा भने यो सर्वत्र, सदैव स्वीकार्य रहन्छ ।

 

वहनियता (Portability)

 

मुद्राको पाचौँ विशेषता भनेको यसमा वहनियता हुनु पर्दछ । वर्तमानमा प्रभावकारी रहेका नोट तथा सिक्काको ठूलो परिमाणमा भुक्तानी दिनु पर्ने अवस्था आएमा यहाँ वहनियतामा राम्रै समस्या आउँछ । यता भर्च्युअल मुद्रास्वरुपमा भने हातमा भएको मोबाइलकै प्रयोगबाट जतिसुकै परिमाणमा पनि वहन गर्न सकिने र भुक्तानी गर्न सकिने भएकोले यो आधारमा पनि भर्च्युअल मुद्रास्वरुप नै श्रेयस्कर देखिन्छ ।

 

टिकाउपन (Durability)

 

मुद्राको छैठौँ विशेषता भनेको यसको टिकाउपन हो । वर्तमानमा प्रभावकारी रहेका नोट तथा सिक्काको मामिलामा यो लागू नै हुँदैन । आगो, पानी, चोरी आदिमा यसको टिकाउपनको प्रत्याभूत कतैबाट हुन सम्भव छैन । भर्च्युअल मुद्रास्वरुपमा भने जुनसुकै अवस्थामा पनि यसको टिकाउपनमा प्रश्नचिन्ह लाग्दैन । प्रयोगकर्ताले भर्च्युअल सिक्योरिटिकै लापरवाही गरेको अवस्थामा मुद्राको यो विशेषता नभएको भन्ने प्रमाणित हुँदैन ।

 

यसप्रकार सबै कोणबाट भर्च्युअल मुद्रास्वरुप उत्तम देखिन आउने भएकोले सरोकारवाला निकाय तथा जिम्मेवार व्यक्तित्वहरु लगायत सरकारको यथाशीघ्र ध्यान आकृष्ट भइ यसलाई व्यवहारमा उतार्ने हो भने प्रचलित मुद्रास्वरुपको नयाँ संस्करणमा लाग्ने आर्थिक भारबाट समेत सरकारले मुक्ति पाउने स्पष्ट देखिन आउँछ । एक जिम्मेवार पक्षका तर्फबाट तथा नागरिकका तर्फबाट यसतर्फ सरोकारवालाको ध्यान आकृष्ट गराउने यो सत्प्रयासमा हामी गौरव महशुस गर्दछौँ, सकल शुभम् !

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

नारायणगढको जिएच इन्टरप्राइजेजमा ‘एक दर्जन कपी किन्दा ४ कपी र १ प्याकेट कलम सित्तैमा

वि.सं.२०८२ चैत १० मंगलवार १०:५७

चितवन: नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने तयारीसँगै देशभर विद्यालय...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...