नृत्य निर्देशक संघ काठमाडौं शाखाको अध्यक्षमा बुद्ध लामा निर्वाचित
वि.सं.२०७८ साउन २४ आइतवार १४:५५
3.9K
shares
काठमाडौं: नृत्य निर्देशक संघ नेपाल काठमाडौं शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संघको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयहाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह-कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्ण बहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धी पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वत्वमानै कार्यसमिति गठन भएको थियो ।
कार्यक्रमलाई उद्घाटन गर्दै नेपाली कांग्रेस वि.पीका नवाकोट जिल्ला सभापती तथा केन्द्रिय सदस्य श्याम बहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन् ।
संस्कृति पुर्खाले संरक्षण गरेर गएको भएपनि अहिले दोधारमा रहेको उनले बताए । कलाकारलाई राज्यले सम्मान गर्नु पर्ने, कला संस्कृतिको जर्गेनामा राज्यले ध्यान दिनु पर्ने उनको भनाइ छ ।
कला संस्कृतिको संरक्ष र सम्बद्धनका लागि आङ्खनो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।
त्यस्तै नृत्यु निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठले नृत्य निर्देशकको सिपि कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताएका छन् ।
कार्यक्रममा जिल्ला शाखा काठमाडौंका सल्लाकार कमल राईले गाउँ घरमा विना निर्देशन राम्रो नाच्न सक्नेहरु रहेको भन्दै घरघरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरु रहेको तर्क गरे ।
सबैले कला संस्कृतिको सम्मान गर्नु पर्ने र कोरोनाले समस्या भयो भनेर बस्नु भन्दा पनि कोरोनाको डटेर सामना गर्नु पर्ने उनले बताएका छन् ।
नेपाल र नेपाली सबै प्यारो रहेको भन्दै यहि प्यारो पन र सौन्दर्यताका कारण आफू मुम्बइ नर्फकेको उनले बताए ।
त्यस्तै अर्का सल्लाकार केपी पौड्यालले नृत्य ब्रम्हान्डको सञ्चार भएको बताएका छन् । नाचले मानिसको शरिरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्च त्यो धेरै बाँच्छ’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए ।
चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरिरमा पनि खिया लाग्ने भन्दै शरिर चलायमान बनाउनका लागि पनि नृत्य अतिनै आवश्य रहेको उनको भनाइ छ । धेरै नृत्यहरु लोप हुदै गइरहेको भन्दै त्यसको संरक्षण गर्नु पर्ने उनले बताए ।
कार्यक्रममा नृत्य निर्देशक संघ भक्तपुर शाखाका अध्यक्ष, चुडामणी फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजउपाध्याय तथा पत्रकार महासंघ उपत्यका विशेष समितिका सदस्य अर्जुन बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वि.सं.२०७८ साउन २४ आइतवार १४:५५



















