YouTube Link

सिभिल बैंकले दुई नयाँ निक्षेप योजनाहरु ल्यायो

World Cup 2026
Facebook Link

काठमाडौं:   सिभिल बैंकले दुई नयाँ निक्षेप योजनाहरु ल्याएको छ । बैंकले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु–सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको हो ।

 

न्यूनतम मौज्दात रु २५,००० रहेको “सुपर प्रिमियम बचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ”सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को रु. दुई लाखसम्मको निःशुल्क औषोधपचार बीमा सुविधा प्रदान गर्नेछ । साथै निःशुल्क मोवाईल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

 

त्यसैगरी, खुत्रुके खाता (रिकरिङ डिपोजिट)मा अन्य बैंकहरुले प्रदान गरिरहेको रिकरिङ डिपोजिटहरुमा जस्तै सर्त तथा बन्देजहरु नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि दश वर्षसम्मको अवधि चयन गरेर मासिक न्यूनतम रु पाँच सयदेखि माथि सञ्चय गर्दै जान सक्नेछन्।

 

कुनै महिनामा कुनै कारणबस जम्मा गर्न असमर्थ भएमा पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापश्चात साँवा तथा ब्याजको एकमुष्ठ भुक्तानी पाउनेछन् । अझ यस खातामा सुपर प्रिमियम बचत खातामा भन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ । केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भएमा सञ्चित रकमको ७० प्रतिशत ऋणमा नै बिना झञ्झट रकम निकाल्न सकिन्छ ।

 

यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर पनि प्रदान गर्दै आईरहेको छ ।

 

जेष्ठ मसान्तसम्म निक्षेप तर्फ रु. २८.७९ अर्ब (४७.८८ प्रतिशत ) र कर्जातर्फ रु. २९.७६ अर्ब (५५.२८ प्रतिशत ) वृद्धि गर्न सफल भएको सिभिल बैंकको वृद्धि प्रतिशत अन्य वाणिज्य बैंकहरुको वृद्धि प्रतिशतको तुलनामा सबैभन्दा बढी रहेको छ ।

 

त्यसैगरी बैंकले यस आर्थिक वर्षमा निष्क्रिय कर्जाको अनुपातमा समेत उल्लेख्य सुधार गरी १.१३ प्रतिशतमा सीमित गर्न सफल भएको छ । गत असार मसान्तमा उक्त अनुपात २.३८ प्रतिशत रहेको थियो ।  सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

 

यो पनी पढ्नुहोस् :

आज शेयर बजारमा ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...