YouTube Link

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै आकांक्षीहरुको सरगर्मी बढ्न थाल्यो

अधिवेशनको मिति नजिकिएसँगै जिल्लाको भावी नेतृत्वको लागि दौडधुप

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै जिल्ला जिल्लमा पनि सभापतिका आकांक्षीहरुको दौडधुप चलिरहेको छ ।

 

साउन १२ बाट वडा अधिवेशनको कार्यतालिका सार्वजानिक भएको छ भने १६ गते पालिका २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ ।

 

एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ ।

 

त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने कांग्रेसको कार्यतालिका छ ।

 

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक सोही संरचना अनुसार हुन लागेको १४औँ महाधिवेशन नयाँ संरचना अनुसारको हुने छ ।

 

काठमाडौं जिल्ला सबैभन्दा बढी १० वटा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रभावशाली नेता प्रकाशमासिंह, पूर्वमन्त्री भीमसेनदास प्रधानको राम्रो प्रभाव रहेको छ ।

 

अहिले नेतृत्वको लागि वर्तमान सभापति कृष्ण बानियाँ (सबुज) सहित क्षेत्र नं. २ का सभापति उपेन्द्र कार्की, क्षेत्र नं. ४ का सभापति राजु श्रेष्ठ, हरिहर अधिकारी, दामोदर खड्का र गौरी दवाडी सभापतिको दौडमा रहेका छन् ।

 

ललितपुर जिल्लामा गजेन्द्र महर्जन, जिल्ला कार्यसमिति मीनकृष्ण महर्जन र नेता प्रकाशनन्दन जोशी देउवा समूहबाट सभापतिको गृहकार्यमा छन् ।

 

देउवा इतर समूहबाट जितेन्द्रकुमार श्रेष्ठ, रामकृष्ण चित्रकार, मथुराप्रसाद घिमिरे र खुमप्रसाद घिमिरे आकांक्षी देखिएका छन् ।

 

भक्तपुरमा देउवा इतर समूहबाट अष्टकुमार कवे, महेश श्रेष्ठ, विनोद कायस्थ र विदुरमानसिंह बस्नेत आकांक्षी छन् ।

 

काभ्रे जिल्लामा वर्तमान सभापति मधु आचार्य सहित उपसभापति अच्युतप्रसाद पौडेल, जिल्ला सचिव दिनेश लामा, नेताहरु रमेश हुमागाई, तीर्थ लामा, कुमार लामिछाने, कन्चनचन्द्र बादेसहित सात जना नेताहरु सभापतिको दौडमा देखिएका छन् ।

 

सिन्धुपाल्चोक जिल्लामा पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतको जिल्ला भएकोले उनको प्रभाव पर्ने सम्भावना धेरै छ ।

 

सभापतिको नेतृत्वका लागि पूर्वसभापति भूपेन्द्रबहादुर थापा, वर्तमान जिल्ला उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, क्षेत्रीय सभापति आइतमान तामाङ, क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य कृष्ण न्यौपाने, महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, टंक कार्की, महाधिवेशन प्रतिनिधि बलदेव तिमल्सिना लगाएतका नेताहरु दौडमा रहेका छन् ।

 

सिन्धुली जिल्लामा वर्तमान सभापति उज्ज्वलप्रसाद बराल, उपसभापति खड्गबहादुर वाइबा, सचिव दीपक घिमिरे, पूर्वसचिव उपेन्द्र पोखरेल, महाधिवेशन प्रतिनिधि माणिक ढकाल र महासमिति सदस्य प्रेमचन्द्र दाहाल लगायतका नेताहरु सभापतिको आकांक्षी भएका छन् ।

 

धादिङ जिल्लामा वर्तमान सभापति रमेश धमला नै पुनः नेतृत्वमाका आकांक्षी बनेका छन् । उनका साथै नेताहरु भीमप्रसाद ढुङ्गाना र बद्रि अर्याल पनि सभापतिको दौडमा देखिएका छन् ।

 

दोलखा जिल्लामा वर्तमान सभापति रुद्रबहादुर खड्का पुनःनेतृत्वमा आउने आकांक्षी भएका छन् । त्यस्तै सचिव सन्तोष रिमाल, क्षेत्रीय सभापति छवि लामा, महासमिति सदस्य केशव चौलागाईंल, महाधिवेशन प्रतिनिधि ईश्वरनारायण मानन्धर, बर्मा लामा नेता सन्तोष पाण्डे पनि उम्मेदवारका आकांक्षी छन् ।

 

चितवन जिल्लामा सात जना नेताहरु सभापतिको दौडमा रहेका छन् । यो जिल्लामा कोइराला र पौडेल समूहको ठूलो प्रभाव रहेको छ ।

 

वर्तमान जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, राष्ट्रियसभा सदस्य जगन्नाथ पौडेल, नेताहरु डा. सूर्यकान्त घिमिरे, विजय भुसाल, राजेन्द्र बुर्लाकोटी र राजेश्वर खनाल लगायतका नेताहरु सभापतिको दौडमा रहेका छन् ।

 

रामेछाप जिल्लामा भने वर्तमान सभापति लवश्री न्यौपाने पुनःनेतृत्वमा दोहोरिने तयारीमा छन् । त्यस्तै सचिव लेखबहादुर कार्की, नेताहरु पूर्णबहादुर तामाङ, अर्जुन केसी, कृष्णबहादुर महतलगायतका नेताहरु सभापतिको आकांक्षी छन् ।

 

जसमध्ये सभापति न्यौपाने, सचिव कार्की र नेता पूर्णबहादुर तामाङ देउवा समूहका हुन् भने पौडेल समूहबाट अर्जुन केसी र कृष्णबहादुर महत रहेका छन् ।

 

नुवाकोट जिल्लामा प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशशरण महतको गृह जिल्ला भएकाले नेताहरू पनि आफू अनुकूलका सभापति बनाउने दाउमा छन् ।

 

केसी समूहका महासमिति सदस्य डा.केदारनरसिंह केसी, जिल्ला सचिव सुरेन्द्र अधिकारी आकांक्षीका रुपमा देखिएका छन् भने रामशरण महतका भतिज रमेश महत पनि दौडमा छन् ।

 

प्रकाशशरण महतनिकट मानिएका सन्तमान तामाङ, चोकराज शाक्यपनि सभापतिको दौडमा रहेका छन् ।

 

रसुवा जिल्लामा वर्तमान सभापति पेम्बाछिरिङ तामाङ, पूर्वसभापति लामाकार्पु तामाङ प्रदेश सांसद प्रभात लामा, पेन्द्र लम्साल सभापतिको आकांक्षीका रुपमा देखिएका छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...