YouTube Link

युरोकप २०२०मा स्पेन सेमिफाइन पुग्ने पहिलो टिम

स्विट्जरल्याण्ड पराजित

Facebook Link

काठमाडौंः युरोकप २०२०मा स्पेन सेमिफाइन पुग्ने पहिलो टिम बनेको छ ।

स्पेनले स्विट्जरल्याण्डलाई टाइब्रेकरमा ३–१ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो क्वार्टरफाइनल खेल अन्तर्गत स्पेन र स्विट्जरल्याण्ड बिचको खेल निर्धारित समय १–१ गोलको बराारीमा सकिएको थियो ।

खेलको ८औं मिनेटमा स्पेनले स्वीस डिफेन्डर डेनिस ज्याकरियाको उपहार गोलबाट अग्रता लिएको थियो ।

शुरु देखि नै बल पकड राखेको स्पेनले खेलमा अग्रता दोब्बर बनाउने प्रयास गरे पनि स्विट्जरल्यण्डको रक्षपंत्ति तोड्न गाह्रो परिरहयो ।

दोस्रो हाफमा स्पेनिस रक्षपंत्तिको तालमेल नमिल्दा फुस्कीएको बललाई फ्रुएलरले नियन्त्रणमा लिदै शाकिरीलाई पास दिएका थिए ।

स्वीस टोलीका कप्तान शाकिरीले उक्त बललाई सजिलै जाली चुमाए पछि ६८औं मिनेटमा स्वीस टोलीले बराबरी गोल गर्दै खेलमा फर्किएको थियो ।

खेलमा बराबरी गोल गरेको १० मिनेट नबित्दै स्विट्जरल्याण्ड १० खेलाडीमा समेटिन पुग्यो ।

जेरार्ड मोरेनमाथि खराब ट्याकल गरेपछि रेफ्रीले सिधै रातो कार्ड देखाउदै फ्रुएलरलाई मैदान बाहिरको बाटो देखाएका थिए ।

खेलमा स्पेन हावी रहेता पनि निर्धारित समय भरि कुनै गोल नभए पछि खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो ।

अतिरिक्ता समय पनि स्पेन स्विट्जरल्यण्डमाथि निकै हावी नै रहयो ।

स्पेनले थुप्रै मौकहरु सिर्जन गरे पनि अन्तिममा चुकेको थियो ।

अतिरिक्त समय पनि दुबै तर्फबाट कुनै गोल हुन नसके पछि खेलमा टाइबेकरको सहरा लिनु परेको थियो ।

पेनाल्टी सुुटआउटमा स्पेनका कप्तान सर्जियो बुसकेटको प्रहार पोलमा लागेर फर्केको थियो ।

स्विट्जरल्याण्डको मारियोले गोल गर्न सफल भए पनि त्यस पछिको दुई प्रहार स्पेनिस किपरले रोकेका थिए ।

भने चौथो प्रहार अकासिएर बाहिर गएको थियो ।

स्पेनको तर्फबाट दोस्रो गोल भए पनि तेस्रो प्रहार स्वीस किपरले छेकेका थिए ।

त्यस पछिको लगातर प्रहार गोल भए पछि स्पेनले टाइब्रेकरमामा ३–१ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

हारपिछ स्विट्जरल्यन्डका खेलाडी

Akhabarnepal.com

यो पनि पढ्नु होस्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...