हेर्नुहोस् तपाईको आज २०७८ असार १९ गते शनिबारको तपाईको राशिफल
अखबार नेपाल
वि.सं.२०७८ असार १९ शनिवार ०५:२०
पाथीभरा माता की जय !!!
मेष–ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
९ बजे पछि दिन अनुकुल हुन थाल्नेछ, ग्रहले साथ दिएको जस्तो महसुस होला, प्रयास गरेमा आर्थिक लाभको सम्भावना छ, रोगीहरुलाई सहजता महसुस हुनेछ, स्वादिलो खानपानको साथै भोग विलास तथा मनोरन्जनमा मन जान सक्छ । कसै कसैलाई धन, वस्त्र तथा उपहार आदि प्राप्त हुने वा खरीद हुने सम्भावना छ, आदर सत्कार मिल्नुको साथै मित्र तथा स्त्रि वर्गहरुको साथ र सहयोग पाइने सम्भावना देखिएको छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपरान्ह पछि मानसिक तनाव बढन सक्छ । खर्चमा बृद्धि भइदिने, शारिरिक कष्ट, थकान र धपेडी हुन सक्ने, शत्रुहरुले पिडा दिने तथा मानसम्मानमा आघात पर्ने तर्फ सचेत रहनु होला, भाइ बहिनी, घरायसी कामदार वा सन्तानको तर्फबाट सुख नपाइन सक्छ, घाँटी, छाती, कुम, कान अथवा आवाजमा समस्या आउला । राति ढिलो सुत्नेबानीलाई हटाउनु पर्नेछ । इगो वा घमन्ड आज समस्या बन्न सक्छ । आर्थिक नोक्सानी हुने योग भएकोले लगानीलाइ आज दिन राम्रो रहने छैन ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ फल प्राप्त हुने खालको दिन छ । शरिरमा जोश जाँगर बढनेछ । प्रयास गर्नुभएको खन्डमा ग्रहले तँपाइलाई साथ दिनेछन । आय स्रोत वा वृत्ति व्यवसाय सम्बन्धि नयाँ योजना बनाउनको लागि समय उत्तम छ । अडकिएका कार्यहरु अगाडि बढाउनु होला । स्वादिष्ट भोजन तथा भोग विलासमा मन लोभिन सक्छ । परिवार कुटुम्ब तथा मित्रहरुबाट लाभ प्राप्त हुने योग छ । सार्वजनिक खपतको लागि समय खर्चिने सम्भावना पनि बलियो छ । सोचने तरीका लाई अलिकति बदल्नु भएमा सुखद परिणामले तँपाइलाई पर्खिरहेको छ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
९ बजे पछि दिन सकारात्मक हुन थाल्नेछ । ईच्छित फल पाउने सम्भावना बन्न थाल्नेछ । शारिरीक निरोगीता प्राप्त हुने, रमाइलो भोग विलास र मनोरन्जन सुखमा रमाइने, भौतिक संशाधनको खरीद, पारिवारिक तथा गृह सुख मिल्ने योग छ, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने सम्भावना भएकोले भरमग्दुर प्रयास गर्नुहोला, आफुले मान्नु पर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो रहनेछ, व्यवसायी वर्गलाइ दिन लाभदायक हुन थाल्नेछ । यात्रा गर्दा भने सचेत रहनु होला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिन अनुकुल नहुन सक्छ । परिस्थितले विवश बनाउने अवस्था आउन सक्छ, गरे अनुसार जस नपाइएला, सन्तानको चिन्ता लिनु पर्ला अथवा सन्तानसँग मतभेद हुन सक्ने योग छ, आफनो स्वास्थ्यको पनि विशेष ख्याल राख्नु पर्नेछ, भय र अपमानको वातावरण बन्न सक्छ, व्यवसायमा हानी को सम्भावना छ । साथै गुप्त शत्रुहरुबाट सावधान रहनु होला, कसै कसैलाई राज्य प्रशासनको तर्फबाट समस्या निम्तिन सक्ला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
९ बजेपछि दिन अनुकुल नहुन सक्छ, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्ने भएकोले आज भोजनमा ध्यान दिनु होला, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट भने आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने सम्भावना भएकोले सावधान रहनु होला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिन शुभ फलदायक रहने छ, धन लाभ हुने , शैय्या सुख, उत्तम स्वास्थय, दाम्पत्य सुख मिठो रहनेछ, लाभकारक एवम सुखदायी अनुभूति हुने खालको दिन छ, कसै कसैलाई घर बाहिर जानुपर्ने अवस्था आउन सक्ने अथवा छोटो खालको भ्रमण हुने योग बन्न सक्छ, व्यापार व्यवसायमा लाभको समय चलेको छ, प्रयास गरेको खन्डमा साझेदारी कार्यमा सफलता हात लाग्नेछ । अध्ययन अध्यापनको साथै पढाइ लेखाइको लागि समय उत्तम छ ।
अपरान्ह पछि दिन राम्रो हुन थाल्नेछ । विरोधिहरुको बाधा र व्यवधानबाट मुक्ति पाइने, भइरहेका समस्याहरुबाट छुटकारा मिल्न थाल्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, सम्मान कदर र आनन्द प्राप्ति, आर्थिक लाभ सम्बन्धि लक्षण देखा पर्ने सम्भावना छ, विद्यार्थीहरुको लागि परिक्षा प्रतियोगीतामा सफलता मिल्नेछ भने व्यापार व्यवसायको लागि दिन सफल रहनेछ । खर्चमाथि भने नियन्त्रण गर्दै गलत व्यक्तिहरुबाट भने टाढा रहनु होला ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अझै राम्रो भइसकेको छैन । मन अशान्त रहन सक्छ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला, शत्रुजनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, निर्णयहरु गलत हुन सक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्ने सम्भावना रहेकै छ, कार्य स्थलमा भने सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ आज ठाउँ नदिनुहोला ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अपरान्ह पछि दिन अनुकुल नहुन सक्छ, आत्मविश्वासमा कमी आउला, चित्त चंचल रहला, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त भइ कसैलाई विश्वास गर्न मन नलाग्ने हुन सक्छ, आफन्त वा नजीकका मान्छेहरुसँग मनमुटाव हुन सक्ने, स्वास्थयमा समस्या देखा पर्ने, शारिरिक कमजोरी महसुस हुने, विशेष गरि मौसमी रोग, छाती सम्बन्धि वा चिसो जन्य समस्या उत्पन्न हुन सक्ने सम्भावना भएकोले सावधान रहनु होला, स्त्रि सुखमा कमी हुनुको साथै निद्रा तथा खानपानमा हुने गडबडी बाट सतर्क रहनु होला ।
अपरान्ह पछि ग्रहले साथ र सहयोग दिन थाल्नेछ, आर्थिक लाभ, मिठो खानपान तथा गफगाफमा समय बित्न सक्ने, लुगा कपडा वा अन्य भौतिक वस्तुको प्राप्ति वा खरिद हुन सक्ने, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रु बाधाहरु हटने, गरेको कार्यहरुबाट मान, प्रशंसा कदर पाइने सम्भावना छ, कुनै कुनै कार्यमा भने केही अवरोध आउने अथवा विलम्ब हुन सक्नेछ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
९ बजेपछि मानसिक चिन्ता पर्न सक्छ, संचित धन खर्च हुने, बन्धुजनसँग मनमुटाव हुन सक्ने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, घाँटी भन्दा माथिको भागमा समस्या सिर्जना हुन सक्ला, बोल्दाखेरी सोचेर बोल्नु होला, चर्को वा छुच्चो बोलिले अप्ठयारोमा परिएला । गरेका कामहरुमा बाधा आउने, पाप कर्मतिर मन जान सक्ने, कामुक सोचले कार्य बाधा आउन सकने, पढाइ लेखाइमा मन नजाने, व्यापार व्यवसायमा समस्या आउने भएकोले सचेत रहनु होला ।