नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी
वि.सं.२०७८ असार १३ आइतवार १७:२१
2.5K
shares
काठमाडौं: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको हो ।
स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन् २०२१ मार्च ६ मा पन्तको जिप दुर्घटनामा परी मृत्यु भएकोले नेशनल लाइफ कम्पनीले बीमा दाबीबापत रु.१ करोड २४ लाख ४८ हजार रुपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजकी पत्नी विमलादेवी पन्तलाई भुक्तानी गरेको हो।
उक्त रकम शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामीको प्रमुख आतिथ्यमा कम्पनीको डडेलधुरा शाखा प्रमुखले चेक हस्तान्तरण गरेका छन्।
यो पनी पढ्नुहोस् :
अनलाइनबाटै निःशुल्क डिम्याट खाता खोल्न सकिने
वि.सं.२०७८ असार १३ आइतवार १७:२१




















