YouTube Link

युरोकप अन्तर्गत दुई हेभिवेट पोर्चुगल र जर्मनी प्रतिस्पर्धामा उत्रिदै

Facebook Link

एजेन्सीः युरोकप अन्तर्गत दुई हेभिवेट पोर्चुगल र जर्मनी प्रतिस्पर्धामा

उत्रिदैछन् ।

युरोकप पहिलो खेलमा फ्रान्ससँग १–० ले पराजय व्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ ।

हंगरीविरुद्ध जित निकालेको पोर्चुगल दोस्रो खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने

रणनीति लिएर मैदानमा उत्रनेछन् ।

पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा विजय हासिल गरेको थियो ।

जर्मनको घरेलु मैदान एलिनाज एरिनामा पाहुना टोली पोर्चुगलसँग बेलुकी ९ः४५ बजे खेल सुरु हुनेछ ।

यो खेल प्रति फुटबल समर्थकको चासो अत्याधिक रहनेछ ।

युरो कपको सर्वाधिक गोलकर्ता पोर्चुगलका किर्तीमानी स्ट्राइकर रोनाल्डोले जर्मनीविरुद्ध हालसम्म गोल गर्न सकेका छैनन् ।

जर्मनीका प्रशिक्षक जोआसिमको टीमले मुख्य प्रतियोगितामा पाँचौं पटक पोर्चुगलविरुद्ध खेल्दैछ ।

पछिल्ला ठूला खेलका नजिता हेर्दा पोर्चुगल जर्मनीको प्रतिस्पर्धीु देखिन्छ ।

पोर्चुगललाई आफ्नो पक्षमा नतिजा ल्याउन जर्मनीकै मैदानमा कठिन हुने पनि देखिन्छ ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्टोस दुवै टिम एकअर्कालाई हराउन सक्षम भएकाले यसलाई सम्मान गर्नपर्ने बताउँछन् ।

हामी जर्मनीसँग डराएको छैन ।

दुवै टिमले एकअर्कालाई सम्मान गर्नुपर्छ ।

किनभने दुवै टिममा खेलका लागि निर्णायक बन्न सक्ने शक्तिहरु छन् ।

पोर्चुगिच प्रशिक्षक सान्टोसले भनेका छन् ।

जर्मनीका प्रशिक्षक जोआसिमले पोर्चुगलमा रोनाल्डो बाहेक पनि खेलमा निर्णायक बन्न सक्ने केही खेलाडी रहेकाले सजग हुनुपर्ने बताएका छन् ।

पोर्चुगलमा रोनाल्डोमात्रै आक्रामक छैनन् ।

उनी बाहेक चार वा पाँच जना अन्य असाधारण क्षमताका खेलाडी पनि छन् ।

जर्मनीका प्रशिक्षक जोआसिमले भनेका छन ।

उनीहरु टेक्निकल हिसाबले पनि बलिया छन् ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/sports/25798.html

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...