YouTube Link

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको स्कूल र प्रहरी चौकी बाढीले बगायो

World Cup 2026
Facebook Link

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको मेलम्चीमा शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ ।

 

गत मंगलबारदेखि निरन्तर आइरहेको बाढी शुक्रबार राति पुन: बढेसँगै बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी पनि बगाएको छ ।

 

हेलम्बु गाउँपालिका अन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ भने तालामाराङको तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ ।

 

त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्षति पुर्‍याएको छ ।

 

मंगलबारको बाढीले जोगिएका संरचना बगाउने र जमिन कटान गर्न थालेसँगै स्थानीय थप त्रसित बनेका छन् ।

 

मंगलबार बाढीले जोगिएको हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्रमा शुक्रबारको बाढीले पनि थप कटान गरेको हो ।

 

मेलम्चीको पुरानो बजारमा केन्द्र बनाएर अहिले इन्द्रावती नदी बगिरहेको छ । मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ ।

 

खेतहरु बगरमा परिणत भएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रका अधिकांश पुल, रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नदीले बगाएको छ। बजार क्षेत्रका घरहरुमा तीन तलासम्म बालुवाले पुरिएका छन् ।

 

बाढीले सबैभन्दा बढी प्रभावित बनेको हेलम्बु गाउँपालिका बनेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...