फिनल्याण्डको युरोकप खेलमा ऐतिहासिक जित डेनमार्क पिडमा
वि.सं.२०७८ जेठ ३० आइतवार ०९:०५
1.6K
shares
एजेन्सीः फिनल्याण्डको युरोकप फुटबलमा ऐतिहासिक जित डेनमार्कलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
शनिबार राति कोपनहेगन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई १-० गोलले पराजित गरेको हो ।
फिनल्याण्डको जितमा जोएल पोहनपालोले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
डेनमार्कले पाएको अवसर पेनाल्टीमा गोल गर्न चुकेको थियो ।
७४औँ मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए ।
फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए ।
युरोकप खेलमा फिनल्याण्डको यो ऐतिहासिक जित हो ।
फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु प¥यो ।
डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन खेल संचालन भएकै समयमा बेहोस भएर मैदानमा ढलेपछि डेनमार्क स्तब्ध भएको थियो ।
खेलको ४३औं मिनेटमा एरिक्सन अचेत भएका थिए ।
उनलाई आकस्मिक उपचारका लागि अस्पताल लगिएको थियो ।
पछि उनको होस खुलेपछि खेल फेरि शुरू भएको थियो ।
हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको डेनिस फुटबल एसोसियनले जनाएको छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ ३० आइतवार ०९:०५




















