युरोकप फुटबल प्रतियोगितामा बेल्जियमको शानदार सुरुवात
वि.सं.२०७८ जेठ ३० आइतवार ०८:३७
3.1K
shares
एजेन्सीः युरोकप फुटबल प्रतियोगितामा शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ ।
समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–०गोलले पराजित गर्दै युरोकप फुटबल प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
बेल्जियमको जितमा इन्टर मिलानका रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक गोल गरे ।
लुकाकुले १० औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई सुरुवाति अग्रता दिलाएका हुन् ।
लुकाकुले उक्त गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पित गरे ।
फिनल्याण्डसँगको खेलमा मैदानमै बेहोस भएर लडेका एरिक्सनको हाल उपचार जारी छ ।
उनको स्वास्थ्य अवस्था स्थिर तथा सुधारोन्मुख रहेको जनाइएको छ ।
इन्टर मिलानमा लुकाकु र एरिक्सन साथी खेलाडी हुन् ।
एरिक्सनको घटनाले आफू स्तब्ध भएको र शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको लुकाकुले बताएका छन् ।
३४ औँ मिनेटमा मनुयरले गोल गरि बेल्जियमको अग्रता दोब्बर पारे ।
लुकाकुले ८८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि टिम ३–० ले विजयी भएको हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७८ जेठ ३० आइतवार ०८:३७


















