नेपाल आयल निगमले फेरि बढायो पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्य
वि.सं.२०७८ जेठ २२ शनिवार २२:५०
2.3K
shares
काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनको मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १२५ रुपैयाँ, डिजेल र मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको छ ।
पछिल्लो पटक जेठ २ गते मूल्य बृद्धि गरी पेट्रोलको मूल्य १२३ रुपैयाँ, डिजल र मट्टितेलको १०६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ कायम गरिएको थियो ।
स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको निगमको भनाइ छ ।
वि.सं.२०७८ जेठ २२ शनिवार २२:५०



















