YouTube Link

रामेछाप-काठमाडौं पत्रकार समाजले गर्यो कारोना महामारीको प्रभाव र यसका न्यूनिकरणका लागि भएको प्रयासबारे अन्तर्क्रिया

Facebook Link

काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले रामेछापमा कारोना महामारीले पारेको प्रभाव र यसका न्यूनिकरणका लागि भएका प्रयासबारे भर्चुअल माध्यमबाट अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

 

कार्यक्रममा सहभागीहरुले रामेछापमा पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएपनि संक्रमण नियन्त्रण तथा रोकथामका लागि भएका प्रयासहरु पर्याप्त नभएको बताएका छन् ।

 

ग्रमीण भेगहरुमा कोरोना संक्रमणको अवस्था भयावह हुँदै जानु, आम नागरिकले स्वस्थ्यका मापदण्ड पालना नगर्नु जस्ता कारणले निकट भविष्यमा ठूलो समस्या आउन सक्ने बताउँदै पूर्व तयारीमा जुट्न सम्बद्ध निकायलाई सहभागीहरुले आग्रह गरेका छन् ।

 

अन्तर्क्रिया कार्यक्रमका बक्ता पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले जिल्लामा अक्सिजन प्लान्टका लागि पहल भइरहेको र पीसीआर मेसिनका लागि पनि आफूले पहल गरिरहेको बताए ।

 

अर्थ मन्त्रालयबाट बजेट विनियोजन भइसकेको र ‘फास्ट ट्र्याक’ मार्फत पीसीआर मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

 

त्यस्तै प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लामा हाल कोरोनाका कारण डरलाग्दो अवस्था नरहेको बताउँदै हाल जारी निषेधाज्ञाले कोरोना नियन्त्रणमा सहयोग पुगेको बताए ।

 

त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डीएसपी नवराज ढुंगानाले जिल्लामा कोरोना नियन्त्रण भाइरस न्यूनिकरणका निषेधाज्ञाका बेला सुरक्षाका लागि प्रहरी प्रशासनले खेल्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रामेछापका सभापति बद्री नयाँघरेले सदरमुकाममा कारोना महामारीको असर सामान्य भएपनि ग्रामीण भेगमा संक्रमण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

 

आम नागरिकमा अझै पनि कोरोना परीक्षणको पहुँच पुग्न नसकेकोले कोरोना संक्रमण भएर पनि परीक्षण नगरिएका कारण आजसम्म १२ जनाको मृत्यु भएको जानकारी दिए ।

 

नेपाल पत्रकार महासंघका पूर्वसभापति हिमाल ढुंगेलले कोरोना महामारीको दोस्रो लहर आइसक्दा र तेस्रो लहरसमेत आउने जोखिम बढिसकेको अवस्थामा पनि रामेछापमा कोरोना नियन्त्रणका लागि आवश्यक पूर्वाधर निर्माण र तयारी नभएकोप्रति चिन्ता व्यक्त गरे ।

 

जिल्लामा थुप्रै विकास भएको भनि विभिन्न सामाजिक सञ्जालहरुमा फैलाइएको हल्ला जस्तो विकास हुन नसकेको बताउँदै अझैपनि आम नागरिकको कन्ट्याक्ट ट्रेसिङ्गसमेत हुन नसकेको बताए ।

 

पूर्वसभापति ढुंगेलले जिल्लामा संकलित केही स्वाव परीक्षणका लागि विभिन्न छिमेकी जिल्ला धाउनु पर्ने र त्यसको रिपोर्टसमेत समयमै नआउनु दुःखद कुरा भएको बताए ।

 

अन्तर्क्रिया कार्यक्रममा सहभागी निरोज थापा, अमृत सुनुवार, हरिहर कार्की, रविन्द्रप्रताप, सन्तोष पौडेल लगायतले जिल्लामा जतिसक्दो चाँडो कोरोनाको महामारी नियन्त्रणका लागि पहलकदमी लिन सम्बद्ध पक्षहरुसँग आग्रह गरे ।

 

रामेछाप-काठमाडौं पत्रकार समाजका अध्यक्ष प्रेम गौतमले कारोना महामारीको वर्तमान परिस्थितिमा जिल्लामा भएका प्रयासहरुलाई विभिन्न सञ्चारमाध्यममार्फत उजागर गर्ने र आवश्यकता र्औल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।

 

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघका सदस्यहरु रामेछापबाट पत्रकारीता गरिरहेका र रामेछाप घरभई काठमाडौं बसेर पत्रकारिता गरिरहेका झण्डै ५० जनाको सहभागिता रहेको थियो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...