YouTube Link

औँठी किन लगाउने ? ज्योतिष, वास्तु र बिज्ञान के भन्छ ?

Facebook Link
vision

औँठी लगाउनुको वैज्ञानिक कारण छ । विज्ञान, ज्योतिष तथा वास्तुको हिसाबले औंठीको प्रभावबारे बताउनेछु । यो ब्रह्माण्ड, पृथ्वी, हाम्रो घर,  हाम्रो शरीर सबै पञ्चतत्वबाट बनेको हुन्छ । मानिसको हातमा भएका पाँच औंलाहरुले पञ्च तत्वलाई प्रतिनिधित्व गर्दछ ।

 

ज्योतिषीय हिसाबले हामीले विभिन्न रङ्गका रत्न तथा पत्थरहरु जडित औठीहरु लगाउँछौ ती सबैको सम्बन्ध यिनै पञ्चतत्वसँग जोडिएको छ । हातमा लगाउने औँठी, घाँटीमा, हातको नाडीमा लगाइने पत्थरले हाम्रो शरीरलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ ।

 

हामीले बच्चाहरूको अन्नप्राशन/भात खुवाइमा पनि पत्थर जडित हातमा बाला लगाइदिन्छौं तर कुन पत्थर लगाउनु राम्रो हुन्छ त्यो भने त्यति ख्याल गर्दैनौं । त्यो पत्थर लगाएपछि बच्चालाई फाइदा हुन्छ या घाटा हुन्छ भन्ने कुरा लगाउनुपूर्व नै जान्न आवश्यक छ ।

जन्मकुण्डली नहेरी पसलमा गएर मेरो राशि फलानो हो यो राशिको औठी दिनुस् भनेर कहिल्यै पनि लगाउनु हुँदैन । यो एकदमै गलत र खतरनाक हुन्छ । विभिन्न ग्रहहरु मध्ये कुन ग्रह आफ्नो साथी हो कुन दुश्मन हो आफ्नो जन्म कुन्डलीबाट चिनेपछि हामीले साथी ग्रहको रत्नलाई त्यो ग्रहसङ्ग सम्बन्धित बारको शुभ समयमा शरीरमा धारण गर्न सकिन्छ । जुन ग्रह हाम्रो दुश्मन हो त्यो ग्रहको पत्थर लगायौ भने त्यो शत्रुलाई आफ्नै साथमा राख्दा त्यसले नराम्रो परीणाम निम्त्याउँछ । पञ्चतत्व मध्ये बढीमा तीन तत्वको अर्थात् हातमा तिनवटा भन्दाबढी औंठी लगाउनु राम्रो मानिंदैन । जथाभाबी औठी लगाउनुभन्दा नलगाउनु नै उत्तम हुन्छ ।

हातको कान्छी औंलाले पञ्चतत्व मध्ये जलतत्वको प्रतिनिधित्व गर्छ । यो औंलामा लगाउने औँठीले शरीरको पानीको मात्रा, रगतको मात्रालाई सन्तुलनमा ल्याउने, पानीबाट लाग्ने रोग वा शरीरको विकारलाई हटाउँछ ।

 

साहिँली औँला पृथ्वी तत्वको प्रतिनिधित्व गर्छ । दुब्लो मान्छेलाई मोटो तथा मोटोको तौल घटाई तौललाई सन्तुलन गर्ने काम गर्छ। यो औँलामा औँठी लगाउँदा मान्छेको जोश जाँगर बढाउछ ।

 

माइली औँलाले आकाश तत्वको प्रतिनिधित्व गर्छ जसले हाम्रो शरीरको नसा भित्रको स्पेसलाई बढाई रगत प्रवाह राम्रो बनाइदिन्छ र रक्त सञ्चार, कोलस्ट्रोल, हट ऐटेक, बाथ रोग, युरिक एसिड, दिमागको असरलाई ठिक गराउन यो औँलाको औँठी सहयोगी बन्छ ।

 

चोर औंलाले वायु तत्वको प्रतिनिधित्व गर्छ जसले शरीरको वायु सन्तुलन, पेटसम्बन्धी विकार, शरीरमा ग्याँस जम्ने समस्या ठीक पार्नमा यो औँलाको औँठी सहयोगी बन्छ ।

 

बुढी औंला अग्नि तत्वको प्रतिनिधित्व गर्छ, शरीरमा तापक्रम सन्तुलन बनाउने काम गर्छ । रोग प्रतिरोधक क्षमताको विकास गराउँछ ।

 

पृथ्वीको भित्री कोर भागमा विभिन्न चट्टानहरूको संघटक, चाप, ताप, समयको बहावसँगै एकपछि अर्को अवस्थामा बदलिंदै म्याग्मा (magma) अवस्थामा पुगिसक्दा विभिन्न बहुमूल्य पत्थर रत्नको रूपमा परिणत हुन्छ । यिनै रत्नलाई हामीले पृथ्वीको बाहिरी अर्थात् माथिल्लो सतहमा ल्याई प्रयोग गर्छौं ।

 

हाम्रो शरिरलाई चार्ज गर्न भोजन, योग, ध्यानको आवश्यकता पर्छ । मोवाईल चार्ज गर्न विद्युतीय करेन्ट, सवारी साधन चार्ज गर्न पेट्रोल डिजेलको आवश्यकता परे जस्तै हाम्रो शरिरको उर्जालाई सन्तुलन बनाउन सहयोग गर्ने औठीलाई कम्तिमा तीन महिनामा एकचोटि प्रकृति सँगै (पृथ्वी, सूर्य, चन्द्रमा, वनस्पति) अनिवार्य चार्ज गरेमा मात्र त्यसले गर्ने कामको प्रभाव बढ्छ ।

 

महिला होस् वा पुरुष हाम्रो जुन हात बढी चल्छ त्यहि हातमा औंठी लगाउनु पर्छ । मानौ हाम्रो देब्रे हात बढि सक्रिय हुन्छ भने देब्रे हातमा नै औठी लगाउँदा राम्रो हुन्छ ।

 

बुध ग्रहको प्रभाव बढाउन कान्छी औँलामा पन्ना रत्न, बृहस्पति ग्रहको प्रभाव बढाउन माझी औंलामा पुखराज, त्यसैगरी सूर्यको माझीमा माणिक्य, चन्द्रमाको कान्छीमा मोती, शुक्रको कान्छीमा हिरा, शनिको साईलीमा निलम, राहुको साईलीमा गोमेद, केतुको साईलीमा क्याटआई लगाइन्छ ।

 

जन्मकुण्डली नहेरी पसलमा गएर मेरो राशि फलानो हो यो राशिको औठी दिनुस् भनेर कहिल्यै पनि लगाउनु हुँदैन । यो एकदमै गलत र खतरनाक हुन्छ । विभिन्न ग्रहहरु मध्ये कुन ग्रह आफ्नो साथी हो कुन दुश्मन हो आफ्नो जन्म कुन्डलीबाट चिनेपछि हामीले साथी ग्रहको रत्नलाई त्यो ग्रहसङ्ग सम्बन्धित बारको शुभ समयमा शरीरमा धारण गर्न सकिन्छ । जुन ग्रह हाम्रो दुश्मन हो त्यो ग्रहको पत्थर लगायौ भने त्यो शत्रुलाई आफ्नै साथमा राख्दा त्यसले नराम्रो परीणाम निम्त्याउँछ । पञ्चतत्व मध्ये बढीमा तीन तत्वको अर्थात् हातमा तिनवटा भन्दाबढी औंठी लगाउनु राम्रो मानिंदैन । जथाभाबी औठी लगाउनुभन्दा नलगाउनु नै उत्तम हुन्छ ।

 

भारतीय अभिनेता अमितावचन निलम जडित चाँदीको औठी लगाउँछन्, अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा सुनको औठी लगाउँछन् । के अभिनेता अमिताभ बचनले सुन किन्न नसकेर चाँदीको लगाएका हुन् र ?  कुन रत्न कुन धातुसँग लगाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

 

सुरुमा हातमा एउटा औंठी लगाइयो फेरी पछि अर्को पनि थपियो भने ख्याल गर्नुपर्छ कतै ती दुई औंठीनै एक-आपसमा शत्रु जस्तो भिडन्त गर्ने खालका त होईनन् ?  मानौ निलम रत्नले शनिको प्रभाव बढाउँछ मोतीले चन्द्रमाको प्रभाव बढाउँछ । दुवै पक्षले जल तत्वको प्रतिनिधित्व गर्छ । चन्द्रमा र शनि ग्रह एकआपसमा शत्रु हुन् अब हामीले मोती र निलम सँगै लगाउन हुँदैन ।

 

गलत रत्नले करोडपति मान्छेलाई रोडपति बनाइदिने सामर्थ्य राख्छ र सही रत्नले रोडपतिलाई करोडपति बनाउने सामर्थ्य राख्दछ । तपाईंको जन्मकुण्डलीमा पहिलो,पाँचौँ र नवौ भावको स्वामी ग्रह यदि शुभ खालको भैकन पनि आफैमा कमजोर छ भने त्यो रत्न भएको औठी लगाउनु राम्रो मानिन्छ ।

 

हरेक मान्छेको जिन्दगीमा एउटा महादशा चलिरहेको हुन्छ। केतुले ७ वर्ष, सूर्यले ६ वर्ष, शुक्रले २० बर्ष, चन्द्रमाले १० वर्ष, मंगलले ७ वर्ष, राहुले १८ वर्ष, बृहस्पति ग्रहले १६ बर्ष, शनि ग्रहले १९ वर्ष, बुध ग्रहले १७ वर्ष हाम्रो जिन्दकीमा शासन गर्दछ। हामीले लगाएको रत्नको ग्रह र हाल चलिरहेको महादशाको ग्रह एक आपसमा शत्रु भएमा समेत हामीले लगाएको औँठीले राम्रो फल दिन असमर्थ हुन्छ ।

 

मानौँ यदि हामी एउटा बाटोमा एकदमै तीव्र गतिमा गाडी चलाइरहेका छौँ भने अब झनै तीव्र बनाउन खोज्यो भने स्वतह दुर्घटना हुन्छ । त्यस्तै हामीले लगाएको औँठी हाम्रो निम्ति शुभग्रहको नै छ तर त्यो ग्रह आफैंमा पूर्ण बलवान छ भने पनि त्य शुभ ग्रह भएतापनि त्यसको रत्न लगाउन आवश्यक हुँदैन । बलियो ग्रहलाई झनै बलियो बनाइदिँदा त्यसले हाम्रो जिन्दगीमा दुर्घटना निम्त्याउँछ । एउटा खोला पार गर्नुपर्नेछ यदि त्यहाँ दुबै लङ्गडो वा दुवै अन्धो भएमा खोला पार गर्न सक्दैनन् । एकः लङ्गडो एक अन्धो मिलेमा खोला तर्न सकिन्छ। यसको मतलब हामीले ग्रहलाई सन्तुलनमा राखेमा मात्र सफल हुन सकिन्छ ।

 

समस्या रहेको मान्छेको समस्या समाधान गर्न घरको वास्तु मिलाउँदा समेत उक्त व्यक्तिले स्वयं हातमा कुन रत्न लगाएको छ र त्यसको प्रभाव के छ भन्ने कुरा ख्याल गरिन्छ । कुनै पनि घरको बास्तु हेर्दा उक्त घरको मान्छेले हातमा कुन रत्न लगाउँछन् भनेर हेर्नु आवश्यक हुन्छ । तपाई जन्मिदा कुन ग्रहले कति डिग्रीमा तपाईमाथि प्रभाव पारेको छ भन्नेकुरा रत्न लगाउँदा एकदमै जान्न आवश्यक हुन्छ। रत्न लगाउँदा रत्न विशेषज्ञ वा राम्रो ज्ञान भएको ज्योतिषीलाई जन्म मिति समय स्थान दिएर आफ्नो जिन्दगीको समस्याहरु बताएर मात्रै रत्न छनोट गर्नुपर्दछ ।

 

अतः तपाईलाई कस्तो किसिमको ऊर्जा चाहिएको छ त्यही अनुसारको सही रत्न छनोट गरेर मात्र लगाउँदा बढी श्रेयकर हुन्छ ।

 

(लेखक वास्तुविद, सिभिल इन्जिनियर,  एवम् नेपाल ज्योतिष परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ ।)

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...