YouTube Link

अस्पतालमा बेड खोज्दा खोज्दै बिरामीको मृत्यु

Facebook Link

रामेछाप: अस्पतालमा बेड खोज्दा खोज्दै रामेछापका सुनापति गाउँपालिका-२ दिमीपोखरीका एक बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार सुनापति गाउँपालिका-२ दिमीपोखरीका ६३ बर्षका बृद्धाको कोरोनाका कारण आज विहान प्राथामिक स्वास्थ्य केन्द्र मन्थलीमा मृत्यु भएको जनाएको छ ।

 

कोरोना संक्रमण पुष्टि भएपछि काठमाण्डौंका विभिन्न अस्पतालमा भर्ना हुन बेड खोज्दा खोज्दै उनको मृत्यु भएको मृतकका पारिवारीक श्रोतले जानकारी दिएको छ ।

 

रामेछाप जिल्लामा हालसम्म आइसीयू र भेन्टिलेटरको सुविधा छैन ।

 

रामेछापमा नै कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि काठमाण्डौं गएका बृद्धाको त्यहाँ कुनैपनि अस्पतालमा भर्ना हुन बेड नपाएपछि पुनः रामेछापको  मन्थली प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याइ उपचार शुरु गरिएको थियो ।

 

अक्सिजन दिएर राखिएको २ दिन पछि फेरी उनलाई स्वास्थ्यमा समस्या आएपछि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका चिकित्सकले आइसीयूमा राख्नका लागि काठमाण्डौं लैजान सिफारिस गरेको केहि घण्टामा नै बृद्धाको मृत्यु भएको हो  ।

 

कोरोना संक्रमणका कारण जिल्लमा नै मृत्यु भएको यो पहिलो घट्ना भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए ।

 

बिहीबार मात्र खाँडादेवी गाउँपालिका-५ का एक युवाको कोरोना संक्रमणका कारण उपचारका क्रममा शिर मेमोरिय अस्पतालमा मृत्यु भएको थियो ।

 

प्रधानमन्त्री ओलीले आज शपथ लिदै, आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिने

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...