YouTube Link

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन

World Cup 2026
Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

 

आइतबार सूचना जारी गर्दै राष्ट्र बैंकले बढ्दो कोरोना संक्रमणको दोस्रो लहरको जोखिमलाई ध्यान दिई सेवाग्राहीलाई सम्भव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको हो।

 

महामारीको हालको अवस्थामा सूचना प्रविधिकको अत्याधिक प्रयोग गरी बैंक तथा वित्तीय संस्थाका अधिकांश कार्य विद्युतीय माध्यमबाट सम्पादन गर्नुपर्ने र यसबाट उत्पन्न हुनसक्ने जोखिम तथा यसको दुरुपयोग प्रति चनाखो रही आवश्यक जोखिम व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।

 

राष्ट्र बैंकले निषेधाज्ञा जारी भएका स्थानमा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी तथा शाखा कार्यालयहरुका हकमा सम्भव भएसम्म २५ प्रतिशतभन्दा कम कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

 

नजिकै रहेका शाखाहरुका हकमा न्यून संख्यामा शाखाहरु सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन तथा बन्द हुने शाखा कार्यालयका मूल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जालसमेतमा सेवासम्बन्धी सोधपुछका लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

केन्द्रीय बैंकले विभिन्न निकायबाट जारी भएका र हुने निषेधात्मक आदेशको पालनाका लागि स्थानीय नियकासँगको समन्वयमा शाखा सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। कर्मचारीको अनावश्यक उपस्थिति रोक्नका लागि सूचना प्रविधिको उच्चतम प्रयोग गरी वर्क फ्रम होम तथा रिमोट एसिसबाट कार्यसम्पादन गर्न राष्ट्र बैंक जोड दिएको छ।

 

यसैगरी राष्ट्र बैंकले कोभिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा यसअघि जारी गरिएको निर्देशनहरु परिपालना गर्न गराउन निर्देशन दिएको छ।

 

यो पनि पढ्नुहोस् :

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण

 

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...