काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि घर जानेको संख्या बढे
वि.सं.२०७८ वैशाख १४ मंगलवार १०:००
2.7K
shares
काठमाडौं: बिहीबारदेखि लागु हुने गरी उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि काठमाडौं उपत्यका छाड्नेको संख्या बढेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि एक साताको निषेधाज्ञा जारी गरे पनि मन्त्रिपरिषदले त्यो अवधि थपेर १५ दिनको पुर्याएसँगै उपत्यका छाड्नेको संख्या बढेको हो ।
उपत्यका छोड्नेको संख्या बढेसँगै लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकटको अभाव भएको छ ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् ।
देशभर कोरोनाको संक्रमण बढेपछि फेरि मुलुक लकडाउनउन्मुख भएको छ । दोस्रो लहरको संक्रमण बढेपछि संक्रमणको ‘चेन’ ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या अब ९ पुगेको छ ।
यसअघि नै बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती इलाकामा निषेधाज्ञा लगाइएको छ ।
हेर्नुहोस् तपाईको आज २०७७ बैशाख १४ गते मंगलबारको तपाईको राशिफल
वि.सं.२०७८ वैशाख १४ मंगलवार १०:००




















