दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएकाले देशैभरका विद्यालय अनिश्चितकालका लागि बन्द
वि.सं.२०७८ वैशाख १४ मंगलवार १०:३१
1.7K
shares
काठमाडौं: देशभर दोस्रो लहरको कोरोना महामारी भयावह बन्दै गएको भन्दै सरकारले देशभरका विद्यालय अनिश्चितकालसम्मका लागि बन्द गराएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस अनुसार अर्को निर्णय नहुँदासम्म मुलुकभरकै शिक्षालय बन्द राख्ने निर्णय गरेको हो ।
अबदेखि सबै विद्यालयलाई भर्चुअल (अनलाइन) माध्यमबाट मात्रै कक्षा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।
त्यस्तै सबै प्रकारका परीक्षा स्थगन गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि घर जानेको संख्या बढे
वि.सं.२०७८ वैशाख १४ मंगलवार १०:३१



















