कृषि विकास बैंकको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त
वि.सं.२०७७ चैत २४ मंगलवार १५:४१
1.5K
shares
काठमाडौं: कृषि विकास बैंकको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त भएका छन् । चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको हो ।
मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार नवनियुक्त सञ्चालक मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ ग्रहण गराएका छन्।
यो पनि पढ्नुहोस् :
त्रिशुली नदी माथि बनिरहेको पुलको ८० मिटर भाग भत्कियो
वि.सं.२०७७ चैत २४ मंगलवार १५:४१




















