YouTube Link

सिभिल बैंकले ओखलढुंगा जिल्लामा नयॉ एक्सटेन्सन काउन्टर

Facebook Link

काठमाडौं:  सिभिल बैंकले ओखलढुंगा जिल्लामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

 

सिभिल बैंकले ओखलढुंगा जिल्लामा सञ्चालनमा ल्याएको उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गर्नु भएको हो । त्यस क्षेत्रका सेवाग्राहीले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन्।

 

सिभिल बैंकले यस एक्सटेन्सन काउन्टरसहित ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपाल सरकारको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको हो। पाँच लाखभन्दा बढी ग्राहकलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकको हालसम्म ८९ एटीएम रहेका छन्।

 

उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन् गणका गणपति महासेनानी विशाल सिंह, नेपाल प्रहरीका ओखलढुंगा जिल्लाका प्रमुख गोविन्द पौडेल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख युगल किशोर न्यौपान, कर दाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्रकुमार मास्के, ओखलढुंगा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र रुम्जाली, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर बिष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थिति थियो।

 

बैंकले हालसम्म करिब रु. ८२ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।

 

यो पनि पढ्नुहोस् :

कृषि विकास बैंकको सञ्चालक सदस्यमा दीर्घराज मैनाली नियुक्त

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...