YouTube Link

नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढ्दै, ४९ पदाधिकारीका लागि १५२ उम्मेदवारी

Facebook Link

काठमाडौं: आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढेको छ ।

 

केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

 

महासंघको केन्द्रीय निर्वाचनका लागि वरिष्ठ पत्रकार कपिल काफ्लेको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ ।

 

नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको नेपाल पत्रकार महासंघको निर्वाचन मण्डलले जानकारी दिएको छ ।

 

महासंघमा देशभर निर्वाचनमा १३ हजार १२२ मतदाता छन् ।

 

केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ ।

 

प्रदेश तहका लागि परेको उम्मेदवारीको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशित हुँदैछ ।

 

जिल्ला र प्रतिष्ठान तहको निर्वाचनका लागि चैत २२ गते मनोनयन दर्ता हुँदैछ ।

 

प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

 

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ ।

 

७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ ।

 

उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ ।

 

एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ ।

 

एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ ।

 

त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ ।

 

चैत २५ गते जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन गर्ने तयारी छ ।

 

त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

 

मतदानका लागि आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ ।

 

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (नेपाल पक्ष), मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन् ।

 

यस्तै एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल बनाएको छ ।

 

महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ । गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ ।

 

अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन् ।

 

कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन् ।

 

वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ ।

 

महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ ।

 

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ ।

 

महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन् ।

 

खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा (यम विरही) र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ ।

 

महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेद्वार बनेका छन् भने जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ ।

 

मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन् भने दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ ।

 

कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी र प्रकाश थापाको उम्मेदवारी परेको छ ।

 

यस्तै लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

 

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, क्रान्तिकारी माओवादी, विप्लव नेकपा लगायतका पार्टी निकट रहेका पत्रकार संगठन मैदानमा छन् ।

 

यस अन्तर्गत प्रेस युनियन, प्रेस चौतारी (माधव–वामदेव निकट), प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन लगायतको प्यानल बनेको छ ।

 

यो प्यानलमा अध्यक्षमा प्रेस युनियनका विपुल पोखरेल अध्यक्षमा उठेका छन् ।

 

संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यक्षमा युनियनकै रमेश विष्ट र महिला उपाध्यक्षमा बाला अधिकारी रहेका छन् ।

 

यस्तै समावेशी उपाध्यक्षमा मसाल पार्टी निकटको प्रगतिशील पत्रकार सङ्घका उदय जीएम उठेका छन् ।

 

महासचिवमा प्रेस सेन्टरका रोशन पुरी, सचिव खुलामा माधव नेपाल पक्ष प्रेस चौतारीका गोविन्दप्रसाद चौलागाईंको उम्मेद्वारी परेको छ ।

 

सचिव महिलामा प्रेस युनियनका सृजना अर्याल, आदिवाशी जनजातिमा नारायण सुन्दर किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलितमा हेमकर्ण विक, रहेका छन् ।

 

कोषाध्यक्षमा पनि युनियनकै कलेन्द्र सेजुवाल रहेका छन् ।

 

संयुक्त प्यानलबाट लेखा समिति संयोजकमा प्रेस सेन्टरका लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

 

एमाले(केपी ओली समूह) निकट प्रेस चौतारीबाट अध्यक्षमा निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष (महिला)मा दाना केसी सुवेदी, उपाध्यक्ष समावेशीमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुलामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी–जनजातिमा शाहीमान राई, सचिव मधेसीमा स्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एसोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी छन् ।

 

नेपाल राष्ट्र बैंकद्वारा आयात कोटामा संशोधन, दैनिक २० किलो आयात गर्न सकिने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...