आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी
वि.सं.२०७७ चैत २० शुक्रवार १३:५४
1.6K
shares
काठमाडौं: आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
आन्तरिक राजस्व विभागद्वारा आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए ।
आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो ।
यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ ।
नवौँ राष्ट्रिय कर दिवसका अवसरमा बिहीबार आइएमईसहित विभिन्न कम्पनीहरुलाई सम्मान प्रदान गरिएको छ ।
वि.सं.२०७७ चैत २० शुक्रवार १३:५४




















