नेप्सेमा सूचीकृत तीन कम्पनीको सेयर मूल्य समायोजन
वि.सं.२०७७ चैत १० मंगलवार ११:३२
1.7K
shares
काठमाडौं: नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य चैत १० गते समायोजन भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता २१२ रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५० रुपैयाँ कायम भएको छ । जबकी सोमबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९७८ रुपैयाँमा भएको थियो ।
त्यस्तै, महुली लघुवित्तको २० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो । सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २१८८ रुपैयाँ कायम भएको छ ।
यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको कारोबार समायोजनपछि तोकिएको मूल्यबाट शुरु हुने छ ।
यो पनि पढ्नुहोस् :
ग्लोबल आइएमई बैंकले फाप्लुमा नयाँ शाखा रहित बैंकिङ् सेवा
वि.सं.२०७७ चैत १० मंगलवार ११:३२




















