ग्लोबल आइएमई बैंकले फाप्लुमा नयाँ शाखा रहित बैंकिङ् सेवा
वि.सं.२०७७ चैत ९ सोमवार १८:५१
1.7K
shares
काठमाडौं: ग्लोबल आइएमई बैंकले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ् सेवा सञ्चालनमा ल्याएको छ । बैंकको शाखारहित बैंकिङ् सेवा संख्या २५६ पुगेको छ ।
सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका वडा नं. ४, फाप्लुमा शाखारहित बैंकिङ् सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाको उपमेयर कल्पना राईले गर्नु भएको हो । उक्त शाखारहित बैंकिङ् सेवाका लागि मानकुमार श्रेष्ठलाई बैंकको प्रतिनिधिमा नियुक्त गरिएको छ ।शाखारहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ् सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, पर्यटन तथा रेमिट्यान्स मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ् सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ् सेवा शुरु गर्ने गरेको छ ।
बैंकले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ् सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
यो पनि पढ्नुहोस् :
शाइन रेसुंगा बैंकले काठमाडौंमा पाँचवटा नयाँ शाखाको उद्घाटन
वि.सं.२०७७ चैत ९ सोमवार १८:५१



















