स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियामाथि लेभान्टेको जित
वि.सं.२०७७ फागुन २९ शनिवार ०७:४८
1.7K
shares
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा लेभान्टेले भ्यालेन्सियालाई १-० गोल अन्तरको जित निकालेको छ ।
गएराति भएको खेलमा घरेलु मैदानमा लेभान्टेलाई जित दिलाउन रोजरले निर्णायक गोल गरे ।
खेलको १८औं मिनेटमा उनले निर्णायक गोल गरेका हुन् ।
जितसँगै लेभान्टेले २७ खेलमा ३५ अंक जोडेको छ ।
लेभान्टे लिगको आठौं स्थानमा उक्लिएको छ ।
भ्यालेन्सिया २७ खेलमा ३० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
वि.सं.२०७७ फागुन २९ शनिवार ०७:४८



















