इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल र एस्टन भिल्लाले खेले बराबरी
वि.सं.२०७७ फागुन २९ शनिवार ०७:५४
1.5K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेड र एस्टन भिल्लाले बराबरी खेल्दै अंक बाडेका छन् ।
गएराति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको ८६औं मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाएको थियो ।
तर, खेलको अतिरिक्त समयमा जमाल लास्सेलेसले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।
बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक जोडेको छ । न्युकासल १६ औं स्थानमा रहेको छ ।
एस्टनले २७ खेलमा ४१ अंक जोडेको छ । एस्टन नवौं स्थानमा रहेको छ ।
वि.सं.२०७७ फागुन २९ शनिवार ०७:५४



















