रिभर फल्स पावरले ३ लाख ४३ हजार कित्ता शेयरको निष्काशन गर्ने
वि.सं.२०७७ फागुन २५ मंगलवार १८:११
1.9K
shares
काठमाडौं: रिभर फल्स पावरले सर्वसाधारणलाई जारी गर्न लागेको ३ लाख ४३ हजार कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने । उक्त कार्यका लागि प्रभु क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले सम्झौतामा पत्रमा हस्ताक्षर गरेको थियो ।
रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १० दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
यो पनि पढ्नुहोस् :
कृषि विकास बैंकले बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गर्यो
वि.सं.२०७७ फागुन २५ मंगलवार १८:११




















