कृषि विकास बैंकले बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गर्यो
वि.सं.२०७७ फागुन २५ मंगलवार १७:३५
1.7K
shares
काठमाडौं: कृषि विकास बैंकले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस २९ गते यस वर्षका लागि १५ प्रतिशत बोनस शेयर पारित गरेको हो ।
बैंकले पुस २९ गते पारित गरेको बोनस शेयर दोस्रो बजारमा फागुन १३ गते सूचीकृत गराएको थियो । फागुन १६ गतेदेखि कारोबार योग्य भएको यो शेयर हितग्राही खातामा जम्मा भएका सदस्यहरुले कारोबार गर्न सक्नेछन् ।
कृषि विकास बैंकले पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा मात्र उक्त बोनस शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो । आफ्नो शेयर अभौतिकिकरण गराउन बाँकी सदस्यहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न बैंकले अनुरोध गरेको छ ।
पुस १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का रजनाई हितग्राही खातामा जम्मा हुने कम्पनीको भनाई छ ।
कर्जा राफसाफ भैसकेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा गर्नका लागि बैंकले भनेको छ । बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यो पनि पढ्नुहोस् :
सेञ्चुरी कमर्सियल बैंकले पर्सामा शाखारहित बैकिङ्ग सेवा सुरु
वि.सं.२०७७ फागुन २५ मंगलवार १७:३५




















