YouTube Link

एभर्टनसँग पराजित हुँदै कपबाट बाहिरियो टोटेनहम

Facebook Link

एजेन्सी: टोटेनहम एभर्टनसँग पराजित हुँदै एफए कपको अन्तिम १६ बाट बाहिरिएको छ ।

गएराती भएको खेलमा  टोटेनहम  एभर्टनसँग पाँच चार गोलले पराजित हुन पुग्यो ।

नौ गोल भएको खेलमा बर्नान्ड नायक सावित भए ।

एभर्टनको मैदान गुडिसन पार्कमा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल देखिएको थियो ।

दुवै टिमले सशक्त प्रदर्शन गरेका थिए ।

टोटनहमलाई झड्का तव लाग्यो जब बर्नान्डले अतिरिक्त समयको सातांै मिनेटमा गोल गरे ।

तेस्रो मिनेटमानै डाभिन्सन सान्चेजले गोल गर्दै पाहुना टोली टोटेनहमलाइ अग्रता दिलाएका थिए ।

३६ आंै मिनेटमा डोमिनिभ काल्भर्ट लेविनले बराबरी गोल फर्काए ।

३८ औं मिनेटमा रिचार्लिसनको गोल मार्फत एभर्टन अघि रह्यो ।

४३ औं मिनेटमा एभर्टनका गिल्फी सिगुर्डसनले पेनाल्टिमा गोल गरे ।

इन्जुरी समयमा एरिक लामेलाले गोल गर्दै एभर्टनसँगको दूरी तीन दुइमा झारे ।

५७ औं मिनेटमा सान्चेजले टोटेनहमका तर्फबाट बराबरी गोल फर्काए ।

६८ औं मिनेटमा रिचार्लिसनले बयक्तिगत दोस्रो गोल गरेपछि एभर्टनले फेरि खेलमा अग्रता बनाएको थियो ।

८३ औं मिनेटमा हेरी केनले गोल गरेपछि निर्धारित समयको खेल चार चार गोलको बराबरीमा पुग्यो ।

त्यसपछि अतिरिक्त समयमा भने एभर्टनले बाजी मार्यो ।

९७ औं मिनेटमा बर्नान्डको गोलले एभर्टनलाई अन्तिम आठमा पुर्याउँदा टोटेनहमको यात्रा प्रि क्वाटरफाइनलमानै समाप्त भयो ।

लेस्टर सिटीले ब्राइटनलाई हराएर अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

लेस्टरका लागि एक मात्र निर्णायक गोल केलेची इहिनाचाले दोस्रो हाफको इन्जुरी समयमा गरेका थिए ।

शेफिल्ड युनाइटेडले दश खेलाडीमा समेटिएको ब्रिस्टोल सिटीमाथि एक शून्यकै जीत हात पार्यो ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%a8%e0%a4%be%e0%a4%aa%e0%a5%8b%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%a4-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%8f/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...