नापोलीलाई पराजित गर्दै एटलान्टा फाइनलमा
वि.सं.२०७७ माघ २९ बिहीवार ११:०५
1.7K
shares
एजेन्सी: एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलको दोस्रो लेगमा नापोलीलाई ३-१ गोलले पराजित गर्दै एटलान्टा फाइनलमा प्रवेश गरेको हो ।
पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए ।
दोस्रो लेगमा एटलान्टालाई जित दिलाउन माटियो पेसिनाले दुई गोल गरे ।
डुभान जापटाले एक गोल गरे ।
नापोलीका हिर्भिङ लोजानाले एक गोल फर्काए ।
खेलको १० औं मिनेटमा जापटाको गोलबाट एटलान्टाले अग्रता बनाएको थियो ।
खेलको १६ औं मिनेटमा पेसिनाले गोल गरेपछि एटलान्टाको अग्रता २-० को बन्यो ।
खेलको ५३ औं मिनेटमा नापोलीका लोजानोले गोल गर्दै खेललाई २-१ मा ल्याए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा पेसिनाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई ३-१ को जित दिलाए ।
अब उपाधिका लागि एटलान्टाले युभेन्टससँग भिड्ने छ ।
एटलान्टा र युभेन्टसबीचको फाइनल खेल १९ मे मा हुनेछ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ माघ २९ बिहीवार ११:०५


















