YouTube Link

प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

Facebook Link

गण्डकीः नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर, विजयपुर पोखरामा आज गण्डकी प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्न भएको छ ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने नाराका साथ सो सम्मेलन शुरु भएको हो ।

भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागितामा शुरु भएको सो सम्मेलनको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गर्दै भूतपूर्व सैनिक तथा बहालवाला सैनिकबीच सामिप्यता बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

भूपू सैनिक तथा हिताधिकारीको पिरमर्का व्यवस्थापनको माध्यमका रुपमा सम्मेलन प्रभावकारी रहेको बताउँदै उनले भूतपूर्व सैनिकको सेवा निवृत्त जीवन स्वदेशमा नै उच्च आत्मसम्मानका साथ रहोस् भन्ने आफूहरूको चाहना भएको धारणा व्यक्त गरे ।

उनले नेपाली सेना कल्याणकारी बोर्डले त्यस किसिमका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे ।

प्रधानसेनापति थापाले सम्मेलनले भूपू सैनिकको आत्मसम्मान बढ्नुका साथै समाजमा योग्य नागरिक भई सेनाप्रति सकारात्मक सोचको विकास गरी राष्ट्रिय एकतामा टेवा दिन थप ऊर्जा तथा हौसला मिल्ने विश्वास व्यक्त गरे ।

प्रधानसेनापति थापाले ज्येष्ठ भूतपूर्व सैनिक ९६ वर्षीय बागलुङ जिल्ला निवासी सिपाही मनिराज थापा र तत्कालीन श्री भैरवप्रसाद गुल्मबाट अवकाशप्राप्त सुवेदार हर्कबहादुर थापा मगरको श्रीमती ९९ वर्षीया नरकुमारी थापामगरलाई सम्मान गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल तनहुँ जिल्लाका पूर्वजमदार बोधराज शर्माकी श्रीमती स्मृति शर्मा वाग्ले र गोरखा जिल्लाका पूर्वप्रबन्धक चन्द्रसिंह बस्नेतलाई सम्मान गरिएको थियो ।

त्यस्तै चार वा सोभन्दा बढी सन्नततिलाई सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १३ जना आमाबुबालाई सम्मान गरिएको थियो । सम्मेलनकै अवसरमा फरक क्षमता भएका तथा असक्तलाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग तथा लघुवित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणिलाई चेक हस्तान्तरण गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...