Rajshow Bivag

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

Departmant of helth services

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथिको आजको सुनुवाइ सकिएको छ ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । आजको सुनुवाइमा रिट निवेदकले बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरेकोमा सरकारी पक्षले त्यसमा असहमति जनाएको छ ।

विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, रमणकुमार श्रेष्ठ, हरि उप्रेती, दिनेश त्रिपाठी, डा.चन्द्रकान्त ज्ञवाली, शम्भु थापाले माग गरेका थिए ।

पाँच न्यायाधीशले मात्र न्याय निरुपण गर्न कठिन हुने भएकाले बृहत् पूर्ण इजलास राखी विगतमा जस्तै कम्तीमा ११ जना न्यायाधीशमार्फत सुनुवाइ र फैसला गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारका प्रमुख कानूनी सल्लाहकार एवं महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र वरिष्ठ अधिवक्ता सुशील पन्तले भने बृहत् पूर्ण इजलास आवश्यक नरहेको र संविधान तथा सर्वोच्च अदालतको नियमावली अनुसार संवैधानिक इजलासले नै टुंगो लगाउने जिकिर गरेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सो विवादको सुनुवाइ गर्न माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत बुधबार सुनुवाइ शुरु भएकामा न्यायाधीश कार्कीबारे प्रश्न उठेपछि आज उनका स्थानमा न्यायाधीश सपना मल्ल राखेर इजलास गठन गरिएको थियो ।

न्यायाधीश कार्की अघिल्लो केपी शर्मा ओलीका सरकारमा महान्यायाधिवक्ता रहेकाले निष्पक्षतामा प्रश्न उठेपछि इजलासमा उनका स्थानमा आज मल्ल तोकिएकी हुन् ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेको अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ वटा रिट निवेदन दर्ता भएका छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...