YouTube Link

भर्चुअल माध्यमबाट कृषि विकास बैंकको वार्षिक साधरणसभा सम्पन्न

Facebook Link

काठमाडौं: कृषि विकास बैंकको वार्षिक साधरणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २ सय ७६ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंकको बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो ।

बैंकका करिव ३ लाखको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल स्वरुप १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पास गरेको छ ।

साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनी महानुभावहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

भर्चुअल माध्यमबाट भएपनि शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय-संघ-संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, डा.हरि बहादुर केसी, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School