राष्ट्र बैंकले माग्यो माइक्रोफाइनान्ससँग पुनर्कर्जाको लागि आवेदन
वि.सं.२०७७ पुस २७ सोमवार १३:५७
1.3K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूसँग एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको लागि आवेदन माग गरेको छ ।
माइक्रोफाइनान्सले पुस २७ गतेदेखि माघ १२ गतेसम्ममा एकमुष्ट रुपमा पुनर्कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
माइक्रोफाइनान्सहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरण अनुसार कायम पुँजीकोषको ६५ प्रतिशतसम्मको लागि पुनर्कर्जा प्राप्त गर्न सक्ने छन् ।
नेपाल राष्ट्र बैंकले निर्देशन गरेको चुक्ता पुँजी पुगेको हुनुपर्नेछ । विगत तीन वर्षभित्र संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कार्यकारी प्रमुखलाई कारबाही नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर कर्जा प्रवाह नगरेका लघुवित्तले मात्रै आवेदन दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले यसअघि वाणिज्य बैंक विकास बैंक र फाइनान्सहरु सँग एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको लागि आवेदन माग गरेको थियो ।
राष्ट्र बैंकले कोभिड प्रभावित ऋणीहरुलाई राहात प्रदान गर्ने हिसावले पुनर्कर्जाको व्यवस्था गरेको हो ।
वि.सं.२०७७ पुस २७ सोमवार १३:५७




















