YouTube Link

२१ हजार ५ सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी

Facebook Link

काठमाडौं: बीमा कम्पनीहरूले २१ हजार ५ सय जनालाई कोरोना बीमाको दाबी भुक्तानी गरेका छन् ।

अहिलेसम्म दाबी भुक्तानीका लागि निवेदन दिनेमध्ये १६० जना संक्रमितले भने भुक्तानी नपाउने भएका छन् ।

कोरोना बीमा मापदण्ड अनुसार कागजपत्र पुरा नभएकाले भुक्तानी नपाउने भएका हुन् बीमितले पेश गरेको फाइल पुरा नभएकाले समितिले २५ सय वटा फाइल बिमा कम्पनीहरूलाई नै फिर्ता पठाएको छ ।

कोरोना बीमा गराएका निर्जीवन कम्पनीहरूमा अहिलेसम्म ४१ हजार जनाले कोरोना बीमाको दाबीका लागि आवश्यक काजगपत्र बुझाएका छन् । अझै २० हजार जनाभन्दा धेरैले दाबी भुक्तानी पाउन बाँकी रहेको छ ।

समितिका अनुसार तीन हजार सात सय जनाको दाबी भुक्तानी अन्तिम चरणमा पुगेको छ । ७ हजार २ सय ५४ जनाको कोरोना परीक्षणको रिपोर्ट पुनः परीक्षणको लागि पठाइएको छ ।

अहिलेसम्मको दाबी भुक्तानी कोरोना बिमाको पुलबाट भइरहेको छ । साढे तीन अर्ब रुपैयाँभन्दा माथिको दाबी भुक्तानी भने नेपाल सरकारले बेहोर्ने छ ।

पाइपलाइनमा भएका बीमितको दाबी भुक्तानी हुँदा पनि नेपाल सरकारको भागमा एक अर्ब भन्दामाथि पर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...