मन अशान्त भइ अलमलिने खालको समय छ, सोचेको आँटेको काम पुरा नहुन सक्छ, शत्रुहरु बाधा दिन सक्नेछन, आयमा बाधा, धन हानी हुने योग रहेकोले लगानी वा खर्च गर्दा ध्यान पुरयाउने । स्वास्थ्यमा समस्या आउन सक्छ, चोटपटकको योग छ, काम गर्दा, यात्रा गर्दा वा सवारीसाधन चलाउँदा ध्यान दिनुहोला । विवादबाट भने आज टाढै रहनुहोला ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन स्थिर रहने छैन, नसोचेको आरोप लाग्नसक्छ, पारिवारिक मनमुटाव हुने, आफन्तहरुसँग विवाद, स्थाई सम्पत्ति सम्बन्धि झमेला आउनसक्छ, आज स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ र गृहकलहबाट आज टाढा रहनुहोला, व्यवसायमा गतिरोधको सामना गर्नुपर्नेछ भने लगानीलाइ समय अशुभ छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मन प्रसन्न हुने खालको दिन छ । विविध प्रकारको लाभको साथै गरेका कार्यहरुमा सफलता पाइने, मानसम्मानमा वृद्धिको साथै शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्यजीवनमा सुख, मित्रसुख, शत्रु बाधा हटने, छोटो भ्रमण वा यात्राको अवसर प्राप्त हुने योग छ । नयाँ कार्यको शुरुवातको लागि दिन राम्रो छ । विद्यार्थीहरुको लागि पनि समय उत्तम रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन अनूकूल बनाउन प्रयास गर्नुपर्नेछ । व्यर्थको श्रम, अनावश्यक खर्च, धनहानी, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नुपर्ने हुनसक्छ । आज तँपाइको धन, घरपरिवारको लागि वा भौतिक वस्तु खरीद गर्नमा खर्च हुनसक्नेछ । आफन्त साथीभाइ, बन्धुबान्धव बिच वैमनस्यता बढने तथा पारिवारिक सुखमा कमि आउने योग छ, मित्रसँग विवाद हुने वा मित्रले धोका दिनसक्ने भएकोले ठूलो डिलबाट बच्नुहोला । शारिरिक पीडा, चोटपटकको सम्भावना भएकोले सचेत चाँही रहनुहोला ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उत्साहजनक दिन छ, मनलाई स्थिर राखी कार्यलाई अगाडि बढाउनुभएमा भाग्यले साथ दिनेछ । कतैबाट उपहार वा नसोचेको वस्तु प्राप्त हुने योग छ । दिमागमा नयाँ विचारहरुले सकारात्मक रुपमा तँपाइलाइ उर्जीत गर्नेछ । रमाइलो खानपान र पारिवारिक भलाकुसारी हुनस क्नेछ । रोग र ऋणबाट राहत प्राप्त हुने दिनको रुपमा रहेकोले प्रयास चाँही गर्नुहोला । मित्रहरुले सहयोग गर्नेछन, अविवाहितहरु हुनुहुन्छ भने घरमा विवाह सम्बन्धि कुरा चल्नसक्नेछ, व्यापारव्यवसायमा परिवर्तनलाइ राम्रो समयछ, नयाँ शूरुवातको लागि दिन राम्रो छ ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शारिरिक शिथिलताले दिन निरस बनाउन सक्नेछ, पराक्रममा कमी आउने, आर्थिक परेशानी हुनसक्ने भएकोले सावधान रहनुहोला । परिवारमा देखापरेको असमझदारीले मानसिक अशान्ति र छटपटि बढन सक्नेछ, व्यापारव्यवसायमा ऋण लिनुपर्ने अवस्था आउन सक्नेछ । लगानीलाइ आज थाँती राख्नुहोला ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन प्रफुल्ल हुने खालको दिन छ, शुभ समाचारहरु आउनसक्ने सम्भावना छ, अरुहरुको सहकार्यले तँपाइका योजना र लक्ष्यहरुलाइ फरक दृष्टि प्रदानगर्नेछ र अडकिएका कार्यहरुले गति लिनेछ । आज भोगविलास, खानपान वा रमाइलो जमघटमा रुचि जाग्नसक्छ, आयस्रोतको नयाँ सम्भावना भएकोले प्रयास चाँही निरन्तर गर्नुहोला, मनमा धेरै कुरा सोच्ने बानीलाइ त्याग गर्नसक्नुभएमा दिन सुखमय बित्नेछ । आज कुनैपनि प्रकारको विवादबाट बच्नुहोला ।
अपरान्हसम्म दिन शुभ रहनेछ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तनको समय छ । ईच्छित फल पाउने । नयाँ कार्यको शूरुवात हुने वा थप अन्य क्षेत्रमा हात हाल्ने अवस्था आउनसक्छ, कार्यक्षेत्रमा तँपाइको खुबिको अरुले प्रशंसा गर्नेछन । अडकिएको धन वा कार्य सम्बन्धि शुभ समाचार पनि आउन सक्ने योग छ । वरिष्ठ व्यक्तिहरुको आशिर्वाद र सहयोग लिनुहोला, भूमि, वाहन सुखको साथै पारिवारीक सुख प्राप्त हुन राम्रो समय आएको छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सावधान हुनुपर्ने खालको दिन छ । मानप्रतिष्ठामा आघात पर्ने सम्भावना छ । भाग्यमा अवरोध आइरहेकोले बिनाकारण झगडा हुने, नसोचेको बात लाग्ने सम्भावना छ । स्वास्थयको विषेश ख्यालराख्नुहोला । मित्रहरुसँग वा सहकर्मीहरुसँग वा नजिकका मान्छे वा आफन्तहरुसँग मनमुटाव र विवादबाट बच्नुहोला, निरर्थक धपेडी वा भ्रमण हुने योग पनि देखिएको छ । पार्टनरशीप व्यवसायमा वा दाम्पत्य सुखमा बाधा व्यवधानको योग आएको छ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन सोचे जस्तो नहुनसक्छ । चिन्ता पर्ने कष्टदायी अनुभव हुने, रोगले सताउने, धन हानी, अरुसँग विवाद र झगडा आदि हुने योग छ । मनमा केही कुराको भयले सताउन सक्छ । पारिवारीक झमेला, दुर्घटना वा चोट लाग्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला । बोलिको कारणले बनिसकेको काम विग्रनसक्छ । दाम्पत्य सम्बन्ध जोगाउन, गुप्त सम्बन्धबाट टाढा रहनुहोला । जागीर वा व्यवसायमा परिर्तनको संकेत देखिन सक्छ ।
दिन उत्तम रहनेछ । आर्थिक लाभ, वाहनसुख, वैवाहिकसुख, शत्रु बाधाबाट मुक्ति, मानसम्मानको प्राप्ति, आदर सत्कार र उत्तम भोजनमा रमाइने योग छ, व्यवसायीलाइ आजको दिन राम्रो रहनेछ, लगानीको लागि समय उपयुक्त छ, पार्टनरशीप व्यवसायमा हुनेलाइ फाइदाको दिन छ, वैवाहिक सुख तथा प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त हुने योग छ, भोगविलास मनोरन्जन र विपरित लिंगी सुखमा रुचिब ढनसक्छ, यात्रा, भ्रमण वा टाढाको मान्छेसँग भेट हुने सम्भावना बन्नसक्छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिन राम्रो रहने छ । धन लाभको स्थिती बन्नेछ, आँटेको काम पुग्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्ति, रोग नाश, शत्रुमाथि विजय, रिण प्राप्त हुने, व्यापारव्यवसायमा लाभ, लगानीलाई आज समय उत्तम छ, नयाँ नौलो मान्छेहरुसँग भेटघाट हुने र त्यसको दुरगामी फाइदा हुने सम्भावना पनि बलियो छ ।