स्पेनिस ला लिगाः एथलेटिको मड्रिड शीर्ष स्थानमा फर्कियो
वि.सं.२०७७ पुस २० सोमवार १३:३७
2.2K
shares
एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा एथलेटिको मड्रिड लिग अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।
स्पेनिस ला लिगा अन्र्तगत गएराति भएको खेलमा एथलेटिको मड्रिडले डिर्पोटिभो आलाभेजलाई २–१ ले हराउँदै एथलेटिकाले शीर्ष स्थानमा रियाल मड्रिडलाई प्रतिस्थापन गरेको हो ।
एथलेटिकालाई विजयी गराउन मार्कस लोरेन्ते र लुइस सुवारेजले १–१ गोल गरे ।
जितसँगै एथ्लेटिकोले १५ खेलबाट ३८ अंक बनायो । १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ ।
गएराति भएको अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हराएको छ ।
खेलमा बार्सालाई विजयी गराउन फ्रेङ्की डि योङले निर्णायक गोल गरे ।
जितसँगै १६ खेलबाट २८ अंक जोडेको बार्सिलोना तालिकाको पाँचौ स्थानमा यथावत छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस २० सोमवार १३:३७




















