YouTube Link

ला लिगामा: मेस्सीले बार्सिलोनाका लागि पाँच साय खेला पुरा गरे

Facebook Link

एजेन्सी: चोटका कारण आइबारविरुद्धको खेल गुमाएका मेस्सीले हुएस्का विरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।

बार्सिलोनाले हुएस्कालाई उसैको मैदानमा १-० ले पराजित गर्दा मेस्सीले भने पाँच सय खेल पूरा गरेका हुन् ।

खेलको २७औं मिनेटमा फ्रेन्की डे जोङले गरेको एक मात्र गोल मद्दतमा बार्सिलोनाले हुएस्कालाई पराजित गरेको हो ।

उक्त गोलमा मेस्सीले नै असिस्ट गरेका थिए ।

यस्तै मेस्सीले बार्सिलोनाका लागि सबैखाले प्रतियोगितामा गरेर ७५० खेल खेलेका छन् ।

बार्सिलोनाका लागि ला लिगामा सर्वाधिक खेल खेलेका जाभीको कीर्तिमानभन्दा मेस्सी अब ७ खेलले मात्र पछि छन् ।

यस्तै क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि जाभीकै नाममा छ ।

जाभीले बार्सिलोनाका लागि ७६७ खेल खेलेका छन् ।

मेस्सीले यही सिजन ती दुवै कीर्तिमान तोड्ने लगभग पक्का छन् ।

ला लिगामा सर्वाधिक खेल खेल्ने कीर्तिमान भने एन्डोनी जुबीजारेटाक नाममा छ ।

एथ्लेटिक विल्वाओ बार्सिलोना र भ्यालेन्सियाका लागि गरेर उनले ६६२ खेल खेलेका छन् ।

हुएस्काविरुद्ध साघुरो जितपछि बार्सिलोना ला लिगाको अंकतालिकामा १६ खेलबाट २८ अंकसहित पाँचौ स्थानमा उक्लेको छ ।

बार्सिलोना अझै शीर्ष स्थानको एट्लेटिको भन्दा १० अंकले पछि छ ।

बार्सिलोनाले रियल सोसिडाड र भियारियलसँग अंक दूरी कम बनाएको छ ।

सोसिडाड १८ खेलबाट ३० अंकसहित तेस्रो स्थानमा छ भने १७ खेलबाट २९ अंकसहित भियारियाल चौथो स्थानमा छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%af%e0%a4%b0-%e0%a4%b2%e0%a4%bf%e0%a4%97-%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a4%9a%e0%a5%87%e0%a4%b8%e0%a5%8d%e0%a4%9f-2/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...